कान्तिपुरकर्मी सम्मानित

कान्तिपुर संवाददातारोल्पा, पुस १८ - 

 बालबालिकाको अधिकारबारे खोजमूलक समाचार लेखेबापत रोल्पास्थित कान्तिपुरकर्मी काशीराम डाँगी सम्मानित भएका छन् । 

द्वन्द्वको बेलाबाटै बाल अधिकार र जिल्लाको अवस्थाबारे लेखेबापत सिविन नेपालद्वारा कान्तिपुरकर्मी डाँगी सम्मानित भएका हुन् । डाँगीलाई सेभ द चिल्ड्रेनका शिक्षा विभाग प्रमुख प्रकाश आचार्यले रोल्पामा सम्मानित गरेका हुन् । सशस्त्र द्वन्द्वबाट प्रभावित भएका रोल्पाका बालबालिकासँग सम्बन्धित ५ वर्षे कार्यक्रमको समापनका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । सिविन नेपाल मध्य पश्चिम संयोजक मधुकुमार दवाडीले रोल्पाजस्तो सशस्त्र युद्धबाट प्रत्यक्ष प्रभावित जिल्लाका बालबालिकाबारे राज्य र गैरराज्य पक्षले अझ गम्भीरतापूर्वक लिन नसकेको धारणा व्यक्त गरे । 

No comments:

Post a Comment