संवाद /

शुरुआती पत्रकारिताको त्यो साँघुरो गोरेटो 
आज फराकिलो सडक बन्दैछ 
काशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष हुनुहुन्छ । पत्रकारिताका साथसाथै साहित्य सिर्जनामा पनि उहाँको अभिरुचि छ । सञ्चार क्षेत्रमा विशेष योगदान गरे वापत पत्रकार डाँगीले विभिन्न सम्मान र पुरस्कार पाउनु भएको छ । उहाँ पत्रकार बनेर सञ्चार्रकर्ममा लाग्दा मुलुकमा चर्को सशस्त्र द्वन्द्वको कालो बादल मडारिइरहेको थियो । 
महासंघ रोल्पा शाखाको एक दशकको अवधि पूरा भएको सर्न्दर्भमा महासंघका संस्थापक अध्यक्ष डा“गीसँग महासंघ स्थापनाको सर्न्दर्भ, अवस्था र पत्रकारिताको वर्तमान स्थितिका बारेमा महासंघ रोल्पाका चौथो कार्यसमितिका अध्यक्ष महेश न्यौपाने ले लामो संवाद गर्नुभएको थियो । प्रस्तुत छ, उक्त संवादको सारसंक्षेप ः 
तपाईँ पत्रकारितामा कसरी लाग्नुभयो ?

म पत्रकारितामा लाग्नुको सुरुआती कारण त रहर नै हो । पत्रकारितामा लागेको धेरै समयपछि मात्र जिम्मेवारी महसुस भएको हो । रहरले लागेको पत्रकारितामा जति समय बित्दै जान्छ, उति नै जिम्मेवारी बोध हुदै जान्छ । अहिले मैले त्यस्तै अनुभव गर्दै आएको छु । माध्यमिक विद्यालय तहमा पढ्ने बेलामै पत्रपत्रिका पढ्ने र समाचार लेख्ने प्रयास थालेदेखि नै मलाई पत्रकारितामा लाग्ने अभिरुचि जागिसकेको थियो । पछि क्याम्पस तहको अध्ययन थालेपछि भने मैले पूरै समय पत्रकारिता गरेर बिताउने निर्ण्र्ाागरेँ । त्यसै अनुसार १५ वर्षअघि म मेरो गाउँ जुगारबाट सदरमुकाम लिबाङ आएँ । यता आएपछिको मेरो पूरै समय मैले पत्रकारितामै बित्दै आएको छ । 
अहिले पत्रिकारिता नै मुख्य कर्म बन्न पुग्यो । पत्रकार महासंघको स्थापना र थुप्रै साथीहरु थपिएपछि भने यो कर्म पनि रमाइलो लाग्दै आयो । अर्को कुरा, यसै जिल्लाबाट सुरु भएको सशस्त्र द्वन्द्वलाई नजिकबाट नियाल्न पाएको हुँदा कालान्तरमा यही पत्रकारिता कर्मलाई उपयुक्त मानेकाले मैले निरन्तरता दिदै आएको हुँ । 
रोल्पा जिल्लाको पत्रकारितालाई कसरी हर्ेर्नु भएको छ ?
समयका हिसाबले भन्ने हो भने मैले पत्रकारिता थालेको सुरुआती दिनका तुलनामा अहिलेको समय निकै भिन्न भएको छ । हाम्रो जिल्लामा भौतिक विकासका कारणले पहिले भन्दा केही सजिलो भएको छ । सञ्चार माध्यमहरु थपिएका पनि छन् भने सञ्चार साधनको पनि उल्लेखनीय विकास भएको छ । यस अर्थमा करिब एक दशकको तुलनामा अहिलेको पत्रकारिता गर्ने तरिकामा धेरै फरक आएको छ । बदलिँदो समयसँगै पत्रकारितालाई मापन गर्ने अर्को आधार पत्रकारिताको गुणस्तरीयता, विश्वसनीयता र समाजमा यसको प्रभावलाई हर्ेन सकिने मेरो बुझाई छ । यस अर्थमा पक्का पनि रोल्पा जिल्लाको पत्रकारितालाई मध्यनजर गर्दा आशलाग्दो मान्न सकिन्छ ।