'मेरो रचना वाचन चिरागमय बन्यो'

अन्तरवार्ता/चाङ चिराग
================
चाङ चिराग, रोल्पाको साहित्यमा भर्खर सुनिन थालेको नाम हो । लामो समयदेखि पत्रकारितामा लागेका भएपनि उनलाई साहित्यिक सिर्जनाकर्मीका रुपमा चिन्न थालेको लामो समय भएको छैन । कविता लेखनमा अलि पहिलेदेखि सक्रिय उनले अघिल्लो साता लिबाङमा एकल रचना बाचन गरे । ललित साहित्य परिषदको आयोजनामा उनले एकल रचना वाचनका क्रममा १० वटा कविता सुनाउदै उनले पहिलो पटक साहित्यको यात्रामा हिड्न थालेको आभाष देखाए । अझ भनौ उनले साहित्यको मwmेरीभित्र छिर्ने प्रयास गरे । 
को हुन् चिराग ? कस्ता कविता सुनाए उनले र कस्ता कविता लेख्छन् ? जनआकांक्षा साप्ताहिकले यो पटकको कुराकानीमा तिनै चाङ चिरागसँग कुराकानी गरेको छ । उनको सिर्जना यात्रा, उनको एकल रचना वाचन र समग्र रोल्पाको साहित्यका विषयमा केन्द्रित भएर चिरागसँग कुराकानी गरिएको छ ।
१. शनिबारको एकल रचना वाचन कस्तो रहृयो ?
राम्रो भयो । साहित्यिक रचना सिर्जना गर्नबाट निकै टाढा रहदै आएको मलाई ललित साहित्य परिषदले जुन हिसाबले अगाडि ल्यायो, यसबाट म खुशी भएको छु । त्यसकारण परिषदका मित्रहरु र शुभचिन्तकहरुप्रति आभार प्रकट गर्दछु । हरेक महिनाको अन्तिम शनिबारका दिन गरिने एकल रचना वाचनको यो आठौं शृङ्खलामा मैले मेरा १० वटा कविता सुनाएँ । रोल्पाका दुइटा सामुदायिक रेडियोहरु रोल्पा र जलजलाबाट समेत प्रत्यक्ष प्रसारण गरिएकाले झन अविश्मरणीय क्षण रहृयो ।

२. साहित्यिक नाम 'चाङ चिराग' नै राख्नुको पछाडि के छ ?
पत्रकारितामा मेरो नाम बेग्लै छ । मैले साहित्यिक रचना सिर्जना गर्दा र खासगरी कवितामा चाङ चिराग भनेर नाम छानेको छु । यसको अर्थ एउटा अग्लो स्थानमा रहेको एउटा दीप भन्ने हो । साहित्यिक हिसाबले मैले रचना सिर्जना गरेर अरुलाई उज्ज्वल बनाउन, खासगरी रचना प्रभावका हिसाबले, यो नाम राखिएको हो । हुन त नामले उसको साहित्यिक रचनाको प्रतिनिधित्व गर्न भन्ने म विश्वास गर्दिन, यद्यपि नाम अनुसारका काम गर्नेहरु पनि छन् । कवितामा चाङ चिराग नाम छान्ने क्रममा मलाई एक जना अग्रज दाईले सहयोग गर्नु भएको हो । निकै पहिले मैले कही समय के. त्रसित का नामबाट कविता पनि लेख्थेँ । राप्तीका साहित्यिक पत्रिकाहरुमा यस नामबाट केही रचना प्रकाशित पनि भएका छन् ।
३. साहित्य प्रति यहाँको रुची कहिलेदेखि र कसरी जाग्यो ?
खासगरी पेशाका रुपमा म निरन्तरको पत्रकार हुँ । यसकारण म साहित्यमा लामो समय व्यतीत गर्न पाएको छैन । फुटकर रुपमा कहिलेकाही लेख्ने र केही मात्र प्रकाशित गर्ने मेरो बानी छ । मलाई सम्झना छ, जुगारस्थित जन जागृति उच्च माविमा मेरो विद्यालय जीवनमा मैले कविता लेख्न पहिलो पटक प्रयास थालेको थिएँ । त्यसबेला म लगायतको एउटा समूहले भित्ते पत्रिका निकाल्थ्यौं । 'नव प्रभावत' भन्ने त्यो भित्ते पत्रिका हरेक महिना निस्कन्थ्यो । त्यसैमा लेख्नका लागि कविता लेखेको थिएँ, पहिलो पटक । पछि दाङसँग सर्म्पर्क बढ्यो र कविता लेख्न थालेँ ।
म पत्रकारका रुपमा लिबाङ आएपछि यहाँका साहित्यिक गतिविधिमा पनि म केही समय लागेँ पनि । मैले कविताहरु सुनाएँ त्यसबेला । तर त्यो क्रम लामो समय चल्न सकेन । किनभने मैले धेरै समय पत्रकारितामा लगाउनु पर्‍यो । म त्यसैमा लागेँ । मभित्रको साहित्यिक चेतना पत्रकारका अगाडि केही मात्रामा दबिएकै हो । २०६२/६३ को जनआन्दोलनपछि मेरो सम्पादकत्वमा रोल्पाबाट 'रोल्पा आवाज' पाक्षिक समाचारमूलक पत्रिका प्रकाशित भयो । रोल्पाको पत्रकारिताकै पहिलो पटक दर्ता भएको त्यो पत्रिकामा हामीले साहित्यलाई बढावा दिन एउटा साहित्यिक पृष्ठ छुट्यायौं । त्यसबेला कविता, गजल, लेख, कथा, गीत लगायतका साहित्यका विविध रचना प्रकाशित भए । मेरा केही कविता पनि प्रकाशित भए । यस अर्थमा म आफूलाई साहित्यको सुरुआती यात्रामा रहेको ठान्छु र राम्रा कविता लेख्ने प्रयासमा आफूलाई केन्द्रित गरिहेको छु
४. यहाँको प्रथम पटक रचना प्रकाशित/प्रशारित हुँदाको अवस्मरणिय क्षण केहि छ ?
अहिलेसम्म मेरो कुनै कृति प्रकाशित भइसकेको छैन । फुटकर रुपमा केही रचना मात्र प्रकाशित हुदै आएका छन्, खासगरी केही कविता, निबन्ध र लेखहरु । पहिलोपटक प्रकाशित मेरो रचना मैले निकै लामो समयसम्म साथमा राखेको थिएँ । मलाई लाग्थ्यो, कम्प्युटरले मेरो नाम कसरी लेख्यो होला - मेरो नाम पनि पत्रिकामा - भन्ने कौतुहुलता मभित्र निकैबेर रहेको थियो । अझ भनौ एकप्रकारले म अरुभन्दा भिन्न हुँ, मेरो नाम पत्रिकामा छापियो, त्यो पनि कवितामा । त्यो क्षणको सम्झना अनौठो खालको जस्तो लाग्छ । यो क्षण अविस्मरणीय हो ।
५. कृति प्रकाशनबारे केही तयारी छ कि ?
अहिले नै कृति प्रकाशनबारे मेरो योजना छैन । लामो समयदेखि पत्रकारितामा लागेको हुँदा धेरै समय यसैमा खर्चदै आएको छु । त्यसैले त्यससँग सम्बन्धित लेखाईलाई प्राथमिकता दिएको अवस्था हो । तैपनि थोरै भएपनि फर्ुसद पाएको बेलामा मैले अध्ययनको सिलसिला बाहेक लेखाईतिर ध्यान केन्द्रित गर्ने गरेको छु । मैले लेखका कविताहरु संकलित गर्दा पुस्तक प्रकाशन गर्न सकिने जति कविता संकलनमा छन् । तर प्रकाशनबारे थप योजना छैन । साहित्यका अरु विधामध्ये पुस्तक नै प्रकाशित गर्नु परे अवश्य पनि कविता सङ्ग्रह नै मेरो पहिलो हुनेछ ।
६.किन ढिलाई भएको होला ?
मेरो लेखाई निकै सुस्त रुपमा भइरहेकाले नै कृति प्रकाशन योजना पनि ढिलो भएको हो । यसलाई यसरी भनौं-समय व्यवस्थापनमा कठिनाई, देशकाल परिस्थिति र साहित्यिक रचना सिर्जनामा लगाव केही कम भएकाले यसो हुन गएको हो । तैपनि मेरो अग्रज साहित्यिक मित्रहरु र साथीहरुले कृतिबारे सोच्न सल्लाह दिइरहनुहुन्छ । त्यसैले पछिल्लो पटक मेरो ध्यान अरु बढी केन्द्रित भएको चाहिँ पक्का हो ।
७. तपाईले प्रायः कुन विधाभित्र रहेर रचना कोर्नुहुन्छ ?
मैले कविता लेख्छु कहिलेकाहीँ । पछिल्लो समय मैले निबन्ध लेखनतिर प्रयास थालेको छु । पत्रकारले समाचार लेख्दा उल्लेख गर्न छुटेका विषयविविधबारे मैले निबन्धमा प्रस्ट्याउने जमर्को गर्छर्ुु तर मैले अध्ययन चाहिँ साहित्यका सबै विधालाई रोज्दै आएको छु । तपाईलाई भन्छु, मसँग भएका जति पनि पुस्तक छन्, ती सबै विधाका छन् । सबै विषय र क्षेत्रका भएकाले मैले अध्ययन चाहिँ एउटै विषयमा मात्र केन्द्रित भएको ठान्दैन । अध्ययनका क्रममा मैले धेरै गैर साहित्यिक पुस्तक पनि किनेर अध्ययन गर्छु ।
८. तपाई रोल्पाको हालको साहित्यिक परिवेश र सम्भावना कस्तो देख्नुहुन्छ ?
स्थानीय गतिविधिका हिसाबले रोल्पामा साहित्यका विविधि क्रियाकलाप हुदै आएका छन् । महिनामा हरेक दिनजसो साहित्यको कुनै न कुनै गतिविधि भएकै हुन्छ रोल्पामा । सदरमुकाममा मात्र हैन, दर्ुगम गाउमा पनि साहित्यक गतिविधि भएका छन् । यो निकै राम्रो पक्ष हो । बरु साहित्य मार्फ समाजमा परिवर्तन, सुधार र प्रगतिबारे सन्देश दिन सक्नर्ुपर्छ । अर्को एउटा चिन्ताको विषय के छ भने रोल्पाको साहित्यलाई केन्द्रीय मूलधारमा जोड्न जरुरी छ । अर्थात् रोल्पामा भइरहेका साहित्यिक गतिविधिलाई काठमाडौंको आँखाले देख्न सकोस् । अब त्यो ढिला भइसकेको छ । यद्यपि यसका लागि यहाँ हुने साहित्यिक गतिविधि र साहित्यिक रचनाको स्तरको पहिचानको खाँचो हुन्छ । त्यसैले हामीले संख्याका साथै गुणात्मकता वा गुणस्तरमा समेत ध्यान दिने समय आइसकेको छ ।
९.त्यसो भए यहाँको साहित्यलाई थप उचाईमा पुर्‍याउन के गर्नुपर्‍यो ?
रचना सिर्जनामा ध्यान दिनु नै हो । जे जति गतिविधि भएका छन्, तिनका उपलब्धि खोज्नु र समाजले त्यसबाट के पाइरहेको छ भन्ने कुराको मापन गर्नु नै साहित्यिक स्तरीयता कायम गर्नु हो । यर्सअर्थमा, साहित्यको केन्द्रीय मूलधारमा जोडिन रोल्पाले निकै मेहनत गर्न खाँचो हुनेछ ।
१०. एकल रचना वाचनपछि 'चाङ चिराग' लाई के प्रेरणा मिल्यो ?
रचना सिर्जना गरेर पनि अति गोप्य जसरी बसिरहेको मलाई एकल रचना वाचन कार्यक्रम आयोजना गरेर सक्रिय बनाइएको छ मलाई । त्यसका लागि मित्रहरुलाई धन्यवाद दिन चाहन्छु । कृति वा रचना सिर्जनाको हिसाबले संभवतः कान्छो मैले पहिलो पटक खुला रुपमा आफ्ना रचना सुनाउन पाएँ । यसले गर्दा मलाई रचना सिर्जना गर्न थप हौसला मिलेको छ । म अझ तिखारिने क्रममा अरु अघि बढ्नेछु । कार्यक्रममा आएर धेरै अग्रजहरुले समेत मेरा कविता सुन्नुभयो, प्रतिक्रिया समेत दिनु भएकाले म हौसिनु स्वभाविक छ ।

No comments:

Post a Comment