एमाओवादी अध्यक्ष दाहालको 'रोल्पा-टि्रप'


प्रचण्डको 'बंकर' मोह

एमाओवादी अध्यक्ष पुष्कपकमल दाहालले 'रिफ्रेस' हुन कात्तिक २४ देखि ५ दिनसम्म गरेको रोल्पा भ्रमणको चर्चा एक साताभर खुबै प्रचारित भयो । सञ्चार माध्यमहरुमा सनसनी चर्चाको रुपमा यो विषयले स्थान पायो । कतिसम्म भने दाहालले रोजेको रोल्पा भ्रमणलाई राम्रो वा नराम्रो, ठीक वा बेठीक, सान्दर्भिक वा असान्दर्भिक भनेर विविध कोणबाट टिका-टिप्पनीहरु पनि भए । संविधान बनाउन तोकिएको समय र्घर्किरहेको बेला उनले गाउको भ्रमण रोज्नुलाई सबैले चासोको रुपमा हेरे । यद्यपि एउटा नेताको गाउ यात्राबारे किन यति धेरै चर्चा भयो - दाहाल 
जसरी के अरु कुनै नेता गाउ जादैनन् र तिनीहरुको चर्चा हुदैन -