देश»

स्त्रीरोग विशेषज्ञ आएनन्

    रोल्पा, जेष्ठ ११ - 
    रोल्पा जिल्ला अस्पतालमा एक जना स्त्रीरोग विशेषज्ञ चिकित्सक भर्ना गर्न प्राप्त भएको ४० लाख बजेट पि|mज हुने भएको छ । स्त्रीरोग विशेषज्ञ चिकित्सक भर्ना गर्न दुई पटक सूचना आह्वान गरे पनि कसैले आवेदन नगर्दा बजेटसँगंैे योजना नै अधुरो रहेको हो । अस्पतालका अनुसार जिल्लामा महिलाको स्वास्थ्य अवस्था नाजुक भएकाले सरकारले जिल्ला अस्पतालमा एक जना स्त्रीरोग विशेषज्ञ नियुक्त गर्न रकम पठाएको हो । आवेदन नपारेकाले बन्ने तयारीमा रहेको स्त्रीरोग युनिट नबन्ने भएको छ । महिला समस्यालाई ख्याल गर्दै अस्पतालले महिलाका लागि आपतकालीन उपचार कक्ष संचालन गर्ने तयारी गरेको थियो । त्यसैका लागि महिलामाथि देखिएका विभिन्न समस्याको उपचार जिल्लामै गर्ने गरी सरकारले तत्कालका लागि एक जना विशेषज्ञ भर्ना गर्न अवसर प्रदान गरेको हो । 

    अस्पताल प्रमुख डा. युवराज पोखरेलले सरकारसँग धेरैपल्ट माग गरेपछि प्राप्त भएको अवसर गुम्न लागेकामा दुःख व्यक्त गरे । 'फेरि यस्तो अवसर आउने हो कि नआउने हो, दुईपटक सूचना गर्दा पनि कसैले सम्पर्क गरेन', पोखरेलले भने । उनका अनुसार दुर्गममा आउनेलाई मासिक दुई लाख पाश्रििमक दिने योजना थियो । जिल्लाका महिला पेट, पाठेघर, पत्थरीलगायत समस्याबाट ग्रस्त छन् । जिल्लाबाहिर गएर उपचार गर्ने हैसियत नभएका महिलाको अकालमै ज्यान जाने गरेको छ । एक तथ्याङ्कअनुसार रोल्पाका महिलामध्ये आधाभन्दा बढी तल्लो पेटका बिरामी छन् । 

    त्यस्तै बच्चा जन्माउन नसकी वर्षमा दर्जनौं महिलाले ज्यान गुमाउँदै आएका छन् । महिला गर्भवती भएपछि अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा गएर जचाउने परम्पराबाट पनि वञ्चित रहेका छन् । स्वास्थ्यकर्मीका अनुसार चेतना अभावमा अधिकांश महिला सामान्य रोगबाटसमेत मृत्युको मुखमा पुग्न बाध्य छन् । करिब दुई लाख चालीस हजार जनसंख्या रहेको रोल्पामा हरेक ६० हजारका लागि एक चिकित्सक उपलब्ध छन् । त्यसमा पनि विशेषज्ञ चिकित्सक पाउन सम्भव छैन । 

    स्त्रीरोगका लागि आपतकालीन उपचार कक्ष सञ्चालनसँगै अपरेसन गरेर बच्चा जन्माउन सकिने सेवा विस्तार गर्ने अस्पतालले तयारी गरेको थियो । 'जिल्लामै ब्लड बैंक स्थापना गर्ने सोचाइ थियो', डा. पोखरेलले भने । तर स्त्रीरोग विशेषज्ञ नआउने भएपछि सबै योजना अलपत्र बनेका छन् । जिल्ला स्वास्थ्यका लेखापाल हेमन्त आचार्यका अनुसार दुई पटक सूचना गर्दा एक लाख खर्च भइसकेको छ । स्त्रीरोग उपचार कक्ष निर्माण गर्न केही रकम लगानी गरिने उनले बताए ।

    प्रकाशित मिति: २०६७ जेष्ठ १२ ०८:०९
    on kantipur.

    No comments:

    Post a Comment