Post scribes bereaved

NEPALGUNJ, JUL 06 -
The correspondents of The Kathmandu Post in Rolpa and Jajarkot have been bereaved. Jhupe Dangi, 61, father of Rolpa correspondent Kashiram Dangi, died while undergoing treatment at Kohalpur Teaching Hospital in Banke on Thursday. Our correspondent for Jajarkot Bhim Bahadur Singh’s mother Jaya Kumari Singh, 75, also died of liver cancer on Friday.
Posted on: 2014-07-07 08:47

गुगलमा राम दाइको छोरो

गुगलमा राम दाइको छोरो | 

काशीराम डाँगी

10th October 2014   ·   0 Comments
Ram dai....OLYMPUS DIGITAL CAMERAअनलाइन पत्रपत्रिका पढेर म अफिसमा बसिरहेको थिएँ । आजभोलि प्रेसमा छापिएर पत्रिका बजारमा नआइपुग्दै अनलाइनमै सबैै खबर थाहा पाउन सकिने सजिलो प्रविधि छ । त्यसदिन पनि म त्यो दिनका चर्चायोग्य समाचार पढ्दै बसेको थिएँ । अफिसको ढोका खोलेर रामचन्द्र दाइ भित्र आउनुभयो ।
‘के गर्दै हुनुहुन्छ भाइ ?’ राम दाइ बोल्न सुरु गर्नुभो ।
‘यसो पत्रपत्रिका पढ्दै बसेको छु दाइ । आजका समाचार के–के छन् भनेर हेर्दैछु ।’ राम दाइलाई मेरो जवाफ सधैंझंै थियो ।
एकैछिनमा हामी दुवै कम्प्युटरतिर आँखा गाडेर बस्यौं । राम दाइ मेरो कोठा वा अफिसमा आएपछि जहिले नि हामीले कम्प्युटरमा इन्टरनेट वा स्टोर गरिएका अरु कुनै सामग्री पढ्ने र हेर्ने गर्छौं । त्यसदिन हामी दुवैले इन्टरनेटमा ध्यान दिई व्यस्त जस्तै बन्यौं । हाम्रो ध्यान कम्प्युटर भएतिर पूर्णरुपमा तानियो ।
मैले गुगल खोलें ।
करिब १० वर्षअघि रोल्पा आएका विदेशी पत्रकारले रोल्पाबारे के समाचार लेखे होलान् भनेर मैले गुगलमा खोज्न थालें । त्यसबेला मेरो सम्पर्कमा आएका केही युरोपेली र एसियाकै जापान, भारतलगायतका देशका पत्रकारको नाम लेख्दै गुगलमा खोज्ने मेसो सुरु गरें । मैले लेखिरहेको एउटा किताबको रेफरेन्सका लागि तिनीहरुले रोल्पामा आइ गरेका ‘युद्ध रिपोर्टिङ’बारे गहिरो अनुसन्धान÷अध्ययन गर्ने कार्य मैले केही वर्ष यता गरिरहेको छु । राम दाइले मैले तयार पारेका केही लेखोट÷टिप्पणीबारे जिज्ञासा राखेपछि मैले उनलाई सविस्तार केहीअघि नै बताइसकेको छु ।
राम दाइले यी सबै दृश्य देखिरहे । सुनिरहे ।
‘भाइ गुगलमा मेरो छोरोलाई खोज्नुस् त ।’ राम दाइले मेरो खोजाइको गहिराइ नियाल्दै भने । उनको यो भनाइले मेरो गुगल खोजाइलाई थप गहिरो बनाइदियो कम्तीमा त्यस दिनका लागि । यसपछि मेरो खोज नेपालको युद्ध रिपोर्टिङमा विदेशी पत्रकारमा सीमित रहेन । राम दाइको छोरोलाई भेटाउनुपर्ने जिम्मेवारी पनि आइलाग्यो । त्यसैले म थप गहिरिएँ गुगलतिर ।
‘मेरो छोरोको नाम सन्देश श्रेष्ठ हो । खोज्नुस् है । तस्बिर भए हेरौंला ।’
ram chandra shrestha dai. (2)राम दाइ अर्थात् कलाकार रामचन्द्र श्रेष्ठ । जन्म स्थान रोल्पाको लिबाङ । बुबा बाग्लुङबाट रोल्पा आएका उनैले भनेका थिए मलाई । रोल्पा लिबाङको बीचबजार, कसै–कसैले ठट्टयौलीमा यस बजारलाई ‘पाकिस्तान’ पनि भन्छन् । पाकिस्तान किन भनिएको हो भन्ने बारेमा यसको पनि कथा छ । राम दाइको घर यही बजारमा छ । दाइलाई सबैले कलाकार भनेर चिन्दछन् । कुनै पुस्तकको कभरमा आवरण, कार्यक्रमको व्यानर लेखाउनु प¥यो भने मानिसहरु उनको घरछेउ आवातजावत गरिरहेका भेटिन्छन् । मैले पनि ती मानिसलाई कैयौं पटक देखे–भेटेको छु । राम दाइलाई पनि कैयौं व्यानर लेखिरहेको, पुस्तकको आवरण स्केच गरिरहेको र भित्ताहरुमा सुन्दर चित्र बनाइरहेको अवस्थामा मैले देखेको छु ।
‘बुबा शिक्षक भएर मुलुकभर हिड्दा रोल्पामा आउनु भएको हो । सुदूरपश्चिमको अछामबाट बिहे गरी रोल्पा आएपछि बुबाको अन्तिम बसाइ रोल्पा हो ।’ राम दाइको स्वर विगत सम्झेर भावविभोर भयो । उनका बुबा बेपत्ता भएको लामो समयपछि राम दाइकी आमाले उनलाई हुर्काइ पढाइ गरिन् ।
अनि, ‘त्यसपछि म कलाकार बनें ।’ दर्जनौं मूर्ति र सयौं चित्र बनाइसकेका राम दाइले भने ।
‘छोरोको तस्बिर देख्न सकिन्छ ?’
मैले गुगलमा राम दाइको जेठो छोरोको नाम लेखेर खोज्न सुरु गरें ।
‘उसको फेसबुक पनि छ रे ।’
राम दाइको आफ्नो छोरो गुगलबाट पत्ता लगाउने र देख्ने मनको हुटहुटी बढेको मैले बुझें । मेरा हातका औंलाले कम्प्युटरको किबोर्डमा अलि गति बढाए । मेरो अन्तस्करणले पनि भन्यो– राम दाइ चाँडै छोरो देख्न चाहन्छन् । मन र आँखाले छोरो स्पर्श गर्न चाहन्छन् ।
चाहेमा उनले आफ्नो छोरोको सुन्दर तस्बिर स्केच गर्न सक्छन् । तर पढ्न आमासँग थोरै टाढा बसेको छोरोको तस्बिर स्केच नगर्ने उनको निष्कर्ष छ ।
‘एक दिन मेरो छोरो मकहाँ आउँछ । म किन स्केच गरी उसलाई हेर्ने ?’ एउटा बुबाले आफ्नो छोरोको माया मेट्न तस्बिर वा स्केच गरेर पूरा गर्न सक्दैन भन्ने कुरामा म राम दाइको यो भनाइबाट पूरापूर सन्तुष्ट र विश्वस्त छु । तर छोरो उसको बुबालाई भेट्न नआए के गर्ने ?’
राम दाइले कैयौंको तस्बिरको स्केच गरेर रङ्ग भरेका छन् । कैयौंलाई आफैले बनाएका आकृति उपहार सुम्पेका छन् । आफ्ना बुबाको अनुहार याद नभएको बताउने राम दाइले स्वर्गीय आमाको सुन्दर अनुहार बनाएका छन् । त्यसमा रङ्ग भरेका छन् र आफ्नो अफिसमा झुण्ड्याएका छन् । कैयौं मानिसलाई उनका कलाकृतिले लोभ्याएको छ । आकर्षित गरेको छ ।
‘कान्छो त अलि सानो छ, ठूलोको फेसबुक पनि छ रे भन्ने सुनेको छु । साँच्ची फेसबुक भनेको के हो र यसमा के–के हुन्छ भाइ ? जेठोको नाम सन्देश हो । खोज्नु भो ?’
राम दाइको तीनवटै प्रश्न ममाथि बर्सिए । मैले पनि टाउको हल्लाएर एकछिन पर्खन संकेत गरें र दाइको प्रश्नको जवाफ कम्प्युटरको स्क्रिनमा देखाउन मेरो हातको गति बढाएँ । मेरा हातका दशैवटा औंलाले किबोर्डलाई पहिलेभन्दा बढेको गतिमा थिचें । र त्यो आवाज मेरो कानसम्म पुग्यो ।
‘म परिवारबाट अलग भएको निकै वर्ष भयो भाइ । छोरा पनि पढेर÷बढेर ठूला भए ।’ दाइले एक्कासी पुनः आफ्नो कथा–व्यथा बताए । मैले बुझेसम्म राम दाइ यति ठूलो कलाकार भए पनि उनी लामो समय परिवारबाट अलग छन् । एक्लै एक्लो घरमा बस्दै आएका छन् । कलाकृति र कलाकारिताको भावना उनका साथी छन् । आमाको निधन भएपछि एउटी बहिनी, पत्नी र दुई छोरा आफूबाट अलग भएपछि राम दाइले एकप्रकारले पारिवारिक विग्रहको सामना गरिरहेका छन् । तर पनि उनी एक महान् कलाकार हुन्, भलै उनको कलाकृतिलाई राज्य वा सहर बजारका ‘बुद्धिजीवी’ र ठूला समीक्षकले देखेका छैनन् । रोल्पा, दाङ मात्र हैन, सम्पूर्ण रापती र राजधानीका कलाकार, पत्रकार, साहित्यकारका माझ रामचन्द्र श्रेष्ठ परिचित छन् । उनको बेग्लै ओज दरिएको छ ।
Ramchandra shrestha Rolpa photo by Kashiram Dangi.मेरो जानकारीमा राम दाइ एउटा राष्ट्रिय कलाकार हुन् । उनले २०५२ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाए । उनका कला खासगरी चित्र, क्यानभास र पुस्तकावरण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा छन् । कैयौंले उनका कलालाई आफ्नो घरको भित्तामा सजाएका छन् । साहित्यका पाठकका हात–हातमा पुगेका पुस्तकसँगै उनको कला पुगेको छ । कला देखिएको छ । सबैले राम्रो र आकर्षक आवरण देखेर पुस्तक किनेका छन् । मलाई थाहा छ– एक पटक राम दाइलाई चिनेको र कला देखेको मानिसले कैयौं समय र दूरी तय गरेर उनको कला पाउन लालायित हुन्छन् ।
के राम दाइलाई उनको छोरोले स्पर्श गरेको छैन ? मेरो मनमा अचानक प्रश्न उब्जियो ।
मैले गुगलमा राम दाइको छोरोको नाम लेखेर खोज्दा सयौं–हजारौं नतिजा देखिए । मेरो फेसबुक एकाउन्टमा पनि राम दाइको छोरो सन्देश श्रेष्ठलाई खोजें । त्यहाँ पनि सयौं नाम देखिए ।
‘मेरो छोरो छान्न र चिन्न धौ भयो भाइ ।’ ४० वर्ष नाघेका राम दाइका आँखा सुक्ष्म अक्षर देख्न कठीन भइरहेको मैले अनुमान लगाएँ । गुगल र फेसबुकमा देखिएका उनको छोरोकै जस्ता नामहरु र तिनका तस्बिरहरु देखाएँ । राम दाइ झन् अलमलमा परे । उनी एक तमासले आफ्नो छोरोको खोजी गरेर थाक्लान् जस्ता देखिए । गुगल र फेसबुकमा देखिएका उनको छोरोको जस्तो नाम र तस्बिरको संख्या सयौं मात्र हैन हजारौं देखिए ।
‘यो हो कि ! त्यो हो कि ! यति धेरै छन् कसरी चिन्ने ।’ राम दाइका आँखा कम्प्युटरतिर लगातार सोझिएका छन् । मैले कम्प्युटरको कर्सर (एरो चिन्ह) तलमाथि सार्दै गएँ । दाइले उनको छोरोजस्तो अनुहार भएको सन्देश श्रेष्ठलाई हेरिरहें । मैले इन्टरनेटमा अर्को ब्राउज गरी गुगलमा राम दाइको कान्छो छोरो संगम श्रेष्ठलाई पनि खोजी सुरु गरें ।
दाइले त्यो हेरिरहे ।
‘यी मध्ये एउटा सन्देश हो कि !’ दाइले छोरोको अनुहार देख्ने हुटहुटी अरु बढाए ।
राम दाइलाई मैले चिनेको करिब १४ वर्ष भयो । गाउँबाट पत्रकार बन्ने सपना बोकेर म लिबाङ आउँदा उनको बारेमा रोल्पामै सुनेको थिएँ । तत्कालीन समयमा मानवअधिकारकर्मी घनश्याम आचार्य र साहित्यकारद्वय टेकेन्द्र जीएम र डीबी टुहुरोले उनका बारेमा व्यक्त गरेका शब्द र परिचय राम दाइ र उनको कलाकारिताबारेमा चिन्नका लागि ती शब्द पर्याप्त नै थिए । तर उनीसँग भेट चाहिं दाङको घोराहीमा भएको थियो । घोराही बजार (तत्कालीन बैंक रोड)को मध्य भागमा राम दाइको साइनबोर्ड लेख्ने सानो कार्यालय थियो । साँघुरो तर सुन्दर कलाले भरिएको उनको कोठा र अफिसमा म उहिल्यै पुगेको थिएँ । त्यही चिनेको थिएँ उनलाई मैले ।
त्यसो त २०५३ देखि २०६२ सम्म दाङमा आयोजना भएका सबै खालका साहित्यिक भेलाहरुमा राम दाइका बारेमा चर्चा चल्थे । म रोल्पाको भएका नाताले अग्रज पत्रकार/साहित्यकारहरुले म सँगसँगै राम दाइका बारेमा बोल्थे र साहित्यिक प्रेम दर्साउँथे । म त्यो क्षणलाई अहिले पनि सम्झन्छु । मेरो निष्कर्ष छ– म राम दाइका कारणले चिनिन्थें । मेरो कारणले राम दाइबारे चर्चा चल्थ्यो ।
‘लिबाङमा कला प्रदर्शनी गर्नुपर्छ दाइ ।’ गुगल खोज्दै गरेका बेला मैले बीचैमा रामदाइलाई भनें ।
Ramchandra shrestha .. Rolpa photo by Kashiram Dangi.राम दाइले दाङमा पटक–पटक कला प्रदर्शनी गरेका छन् । उनका रचनाको घेरा फैलाउन र श्रीबृद्धि गर्नमा दाङस्थित मिडिया र साहित्यकार÷पत्रकारहरुको योगदान अमूल्य र अतुलनीय रहेको छ । यो कुरा राम दाइ पटक–पटक भन्छन् । रोल्पामा उनका कैयौं कलाकार चेला जन्मिएका छन् । तर उनी अरु जन्माउने सोचाइमा छन् । कला खुम्चिएको हैन, फैलिएको देख्न/हेर्न उनको मन दौडिएको छ ।
‘तपाईंको कला दौडिएर राजधानीसम्म पुग्नुपर्छ दाइ ।’ गुगलमा राम दाइको दुवै छोरा फेला पर्ने कुनै संकेत नपाइसकेपछि मैले राम दाइतिर फर्केर भनें, ‘तपाईंका छोरा खोज्न गुगल र कम्प्युटरमा हैन, तपाईं र म सडक बाटोमा हिडौं ।’
‘उनीहरु दाङमा छन् क्या । पढिरहेका छन् ।’ सन्देश श्रेष्ठ नाम गरेको एक विद्यार्थी पद्मोदय उच्च मावि ठेगानामा देखिएपछि उनले भने, ‘यही पढ्छ जेठोले । यो हो कि ?’
तस्बिर तानेर ‘जुम’ गरेर देखाउँदा ऊ अर्कै रहेछ ।
राम दाइको कान्छो छोरो संगम पनि कहीं कतै देखा परेन ।
‘छोराले पढिसके भने बुबालाई भेट्न आउलान् नि भाइ ।’ दुवै छोरालाई कलाकार र कलाकारिताबारे चेतना दिन चाहेका राम दाइले भने, ‘आज ढिला भयो, अर्को दिन फेरि सन्देश र संगमलाई गुगलमै खोजौंला ।’
कम्प्युटरमा इन्टरनेटको सहायताले कलाकार रामचन्द्र श्रेष्ठ दाइका दुइ छोरा सन्देश र संगमलाई गुगलबाट खोज्न कस्सिएको मैले त्यस दिनका लागि इन्टरनेटको तार छुटाएँ । कम्प्युटरको ‘स्टार्ट’ मेनुमा क्लिक गरें, बिदा हुन कम्प्युटरले ‘सट डाउन’ देखायो । मैले क्लिक गरें ।
एकछिनमै कम्प्युटरले स्क्रिन अँध्यारो÷कालो देखायो । मैले ब्यागमा कम्प्युटर राखें र राम दाइसँगै न्यू चन्दन चिया पसलतिर लागें ।
०००

By 

Once Maoist battlegrounds, now tourism hotspots


    A monument at Holeri Police Post in Holeri, Rolpa. The Maoists launched the insurgency by attacking the police post on February 13, 1996. Photo by : KASHIRAM DANGI

    ROLPA, SEP 13 -Once a battleground between government forces and Maoist rebels, Holeri of Rolpa has been attracting a significant number of tourists of late. Domestic as well as foreign tourists are flocking the Holeri Area Police Post, which was targeted by the Maoist rebels 19 years ago to launch the insurgency.
    “As it is one of the first targets of the Maoists, people are interested in knowing about the police post,” said Shanta Raj Bohora from Dahawan near Holeri. A Maoist cantonment was placed at Dahawan after the peace process began. Holeri is an hour’s walk from Dahawan.
    Local residents are making efforts to preserve the Holeri Area Police Post realising its tourism potential. And, the post has been relocated to another place. “We are worried that the bullet marks on the walls are being erased,” said local Rishiram Shrestha, adding we have asked the authorities concerned to preserve the site.
    The police post lies along the under-construction Dang-Thawang Shahid Marga. And, the locals fear the post may have to be demolished. “The police post can attract a significant number of domestic as well as domestic tourists, and the government should preserve it,” said Shrestha, who is also chairman of the Gadhilekh Tourism Preservation Committee.
    Besides the Holeri Police Post, the district has numerous other erstwhile battlefields and places where the Maoist insurgents trained which have the potential to attract tourists, intellectuals here say. Some say the entire Ropla district can be converted into a “war museum”.
    On February 13, 1996, a group of unarmed Maoists cadres launched the insurgency by targeting the Holeri Police Post and looted weapons. They again attacked the same post six years later and abducted the several police personnel.
    UCPN (Maoist) central committee member Dipendra Pun, who was a member of the Maoist group first attacked the post, said they plan to develop Holeri as a tourism spot.
    Jaljala Leka, where the Maoist insurgents trained for a long; Thawang, the Maoists’ main base; villages like Jelwang and Gam where many people were killed; and Nepal Army’s joint base camp can also be developed as tourism spots.
    “District Drinking Water Office that was bombed by the rebels, Ratamata Telephone Tower at Ranka, Satdobato Hill, that was captured by the Army, and the barbed district headquarters are other potential areas,” said Pun.
    A government official visiting Rolpa to study its tourism potential said the state must invest to make Rolpa a tourism spot.
    An engineer involved in reconstructing the damaged property also said they were suggesting the government to preserve the damaged structure for tourism purpose.
    Nepali Congress District President Krishna Bahadur Gharti Magar said the structures that reflect the war should be preserved.
    Despite immense potential to promote war tourism here, the government and the District Development Committee do not have any plans on this front.


    Posted on: 2014-09-14 09:34