'मेरो रचना वाचन चिरागमय बन्यो'

अन्तरवार्ता/चाङ चिराग
================
चाङ चिराग, रोल्पाको साहित्यमा भर्खर सुनिन थालेको नाम हो । लामो समयदेखि पत्रकारितामा लागेका भएपनि उनलाई साहित्यिक सिर्जनाकर्मीका रुपमा चिन्न थालेको लामो समय भएको छैन । कविता लेखनमा अलि पहिलेदेखि सक्रिय उनले अघिल्लो साता लिबाङमा एकल रचना बाचन गरे । ललित साहित्य परिषदको आयोजनामा उनले एकल रचना वाचनका क्रममा १० वटा कविता सुनाउदै उनले पहिलो पटक साहित्यको यात्रामा हिड्न थालेको आभाष देखाए । अझ भनौ उनले साहित्यको मwmेरीभित्र छिर्ने प्रयास गरे । 
को हुन् चिराग ? कस्ता कविता सुनाए उनले र कस्ता कविता लेख्छन् ? जनआकांक्षा साप्ताहिकले यो पटकको कुराकानीमा तिनै चाङ चिरागसँग कुराकानी गरेको छ । उनको सिर्जना यात्रा, उनको एकल रचना वाचन र समग्र रोल्पाको साहित्यका विषयमा केन्द्रित भएर चिरागसँग कुराकानी गरिएको छ ।
१. शनिबारको एकल रचना वाचन कस्तो रहृयो ?
राम्रो भयो । साहित्यिक रचना सिर्जना गर्नबाट निकै टाढा रहदै आएको मलाई ललित साहित्य परिषदले जुन हिसाबले अगाडि ल्यायो, यसबाट म खुशी भएको छु । त्यसकारण परिषदका मित्रहरु र शुभचिन्तकहरुप्रति आभार प्रकट गर्दछु । हरेक महिनाको अन्तिम शनिबारका दिन गरिने एकल रचना वाचनको यो आठौं शृङ्खलामा मैले मेरा १० वटा कविता सुनाएँ । रोल्पाका दुइटा सामुदायिक रेडियोहरु रोल्पा र जलजलाबाट समेत प्रत्यक्ष प्रसारण गरिएकाले झन अविश्मरणीय क्षण रहृयो ।