रेडियो कार्यक्रम-हाम्रो यात्रा शृंखला -३

सत्प्रयास मिडिया गु्रपद्वारा उत्पादित रेडियो कार्यक्रम हाम्रो यात्रा । प्रिन्ट मिडियाका लागि सम्पादित गरिएको सामग्री यहाँ राखिएको छ । 

रेडियो कार्यक्रम-हाम्रो यात्रा
शृंखला -३

कस्ता घर भूकम्प प्रतिरोधी हुन् ?
हामी बस्ने घर कहाँ, कसरी र कस्तो खालको बनाउनु पर्छ - भूकम्पपछि कतिपय संस्थाहरुले विभिन्न प्रकारका सुरक्षित घर कसरी बनाउने भन्ने बारेमा र्सार्वजनिक जानकारी गराउदै आएका छन् । भूकम्पका बारेमा जानकारी दिने र यसबाट क्षति नहुने खालका संरचना समेत बनाउन सघाउने संस्था हो-भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल । यस संस्थाका निर्देशक विजयकृष्ण उपाध्यायले भूकम्प प्रतिरोधी घर निर्माणबारेमा दिएको अन्तरवार्ताका केही अंश यस प्रकार छ ः 
हामी आफैले भूकम्प थेग्ने घर बनाउन सक्छौं । माटोको मात्रै चाङ लगाएर वा काँचो माटोलाई जोडेर अथवा पहाडमा ढुङ्गा र माटो जोडेर बनाउन सकिन्छ । यसरी बनाउदा शहर बजारमा बनाउने जस्ता अग्ला ठूला घर बनाउन भने सकिदैन, त्यसका आफ्नै सीमितता छन् ।

नेपालभरि नै ढुंगा र माटोबाट बनाइएका पुराना घर हेर्‍यैंा भने चौर्डाई जति छ त्यसको डेड गुणा भन्दा बढी घरको लम्बाई र चौर्डाई पाइदैन । जस्तो हाम्रो भौगोलिक अवस्था छ, त्यसै प्रकारको विधि प्रयोग गरिएको हुन्छ । हामीले जति चौडाइका घर बनाएका छौं । त्यसको लम्बाई बढी तर कमजोर किसिमका निर्माण सामग्री प्रयोग गरेका हुन्छौं । घर बनाउदा लम्बाई र चौर्डाईको अनुपात मिलाउनु जरुरी छ । जस्तै ः एउटा घर १० हात चौर्डाईको छ भने १५ हात भन्दा बढी लम्बाई नराखौं । त्यस्तै त्यो घरको उचाई १० हात छ भने चौर्डाई पनि १० हात नै भए राम्रो र सुरक्षित मानिन्छ । यदि नभए १५ हात भन्दा बढी उचाई नबनाऔं । अर्थात् सकेसम्म घर १ तले मात्रै बनाऔं । एक तलाको र माथिको तलाको गारोको उचाई पनि थोरै बनाऔं ।
जसलाई हामी बोलीचालीको भाषामा 'बइुगल' पनि भन्दछौं । यसरी घर बनायौं भने, हाम्रा घरहरु सुरक्षित हुन्छन् । तर जति हाम्रा घर अग्ला हुन्छन् वा लामा हुन्छन्, उति असुरक्षित हुन्छन् । यस्ता संरचनाहरु सामान्य शक्तिको भूकम्प आयो भने पनि भत्कन सक्छन् । बैशाख १२ को भूकम्पले हाम्रा गाउघरका घरहरु चर्कनु, भत्कनु र हामीमा डर पैदा हुनुका मुख्य कारण हामीले बनाएका संरचना नै हुन् ।
गाउघरमा घर बनाउन काठ प्रशस्तै पाइन्छ । काठ बढी प्रयोग गरेको खण्डमा घर पनि बलियो हुन्छ । घरलाई बलियो बनाउन हाम्रा गाउघरमै लामा काठ वा बाँसहरु पाइन्छ । जगदेखि धुरीसम्म नै ठाडो खामो पनि प्रयोग गर्न सकिन्छ । घरको जगदेखि नै सबै भित्तालाई बाँध्ने गरी ठाउँ-ठाउमा गारोमा काठ राख्न सकिन्छ । यी काठलाई एक आपसमा जोडेको खण्डमा घर झन बलियो हुन्छ । जस्तो कि जगदेखि झ्याल, झ्यालदेखि त्यसमाथिको तहलाई बाँध्न सकेमा घर बलियो हुन्छ । सिङ्गो भित्तामा काठले वा बासले बाँध्यांै भने वा ढुङ्गा भर्ने ग्याविङ जालीतारले बाँध्यांै भने हामीले बनाउने घरहरु गर्ल्याम्म ढल्दैनन् । भित्ता पनि ढल्दैन ।
वास्तवमा भूकम्प थेग्ने वा भूकम्प प्रतिरोधी घर भनेको के हो - अथवा कस्तो घरलाई भूकम्प प्रतिरोधी घर भन्ने - खासगरी शक्तिशाली भूकम्पबाट क्षति पुग्न नसक्ने खालका घरलाई हामी भूकम्प प्रतिरोधी घर भनेर बुझ्न सक्छौं । सामान्य शक्तिको भूकम्पले कुनै क्षति नपुर्‍याउने, मझौला खालको शक्तिको भूकम्पले सामान्य क्षति पुयाउन सक्ने र शक्तिशाली भूकम्पले केही क्षति हुने, चर्किन सक्ने हुन सक्छ । शक्तिशाली भूकम्पले घरको केही भाग भत्काउन सक्छ । तर पूरै भाग भने भत्कदैन । यदि महाभूकम्प गयो भने भवनको केही भाग भत्कन सक्ने, पूरै भाग भत्कन गयो भने पनि एकैचोटि नभत्कने खालको हुन्छ । भूकम्प यदि आधा घण्टा वा त्यो भन्दा बढी समय आइरह्यो भने पनि घरभित्रका सर-सामान बाहिर निकाल्न र मानिस समेत सुरक्षित हुन सजिलो हुन्छ । फेरि यस प्रकारको घर भत्कियो भने पनि घरले किचेर मानवीय क्षति हुदैन । यसरी हामी भूकम्प आउदा पनि कुनै प्रकारको मानवीय क्षति नगराउने घरलाई भूकम्प प्रतिरोध घर वा भूइचालो थेग्ने घर भन्छौं ।

ढुंगाको गारो भएको घर बनाउँदा के गर्ने ?
यस्तो खालको घर बनाउँदा लामो ढुङ्गा सुरमा राख्छौं भने यो ठीक छ । लामो ढुङ्गा क्षेउतिर राख्दा ढुङ्गाको अर्को लामो भाग बाहिरसम्म पुग्छ । अर्थात् पूरै गारोको भागलाई एउटै ढुंगाले ढाक्छ । यस प्रकारको गारो लगाउने तरिकालाई सुरक्षित घर बनाउने तरिका भन्न सकिन्छ । सकेसम्म लामो ढुङ्गालाई छड्के पारेर वा १८ इन्चको गारोको पूरै भाग थिच्ने गरी राखेमा त्यो गारो बलियो हुन्छ । यस अर्थमा गारो लगाउदा मिस्त्रीले ढुङ्गालाई जसरी राख्छन्, गारो बलियो वा कमजोर हुने त्यसैको आधारमा हो । त्यसमा काठ वा बाँसले बाँध्न मिल्ने गरी ठाउँ ठाउमा मिलाउन सके झनै राम्रो हुन्छ । यसो गर्दा केही खर्च अवश्य बढी हुन्छ, तर त्यसले घरलाई बलियो र सुरक्षित बनाउँछ ।
माटो वा सिमेन्ट जेसुकै तरिकाले घर बनाए पनि भूकम्प थेग्ने तरिकाले मात्र घर बनाउनर्ुपर्छ । अन्यथा त्यही घरकै कारणले हामी त्रसित हुँदै बाँच्नु पर्ने हुन्छ । दुःख व्यहोर्नु पर्छ । जस्तै, ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले वा अन्य सानो भूकम्पको धक्काले पनि ठूलो क्षति गर्न सक्छ भन्ने कुरा हामीले यस अघिको भूकम्पको असरबाट बुझ्यौं । अझ ८ वा त्यसभन्दा पनि बढी म्याग्नेच्युडको भूकम्पको असर कस्तो होला - हामी सहजै अनुमान लगाउन सक्छौं । यथार्थमा हामीले बुझ्नुपर्ने कुरा यही हो । भूकम्प कहाँ जान्छ भनेर कसैले भन्न त सक्दैन । तर यसबाट जोगिन सधैं तयारी भएर बस्न भने सकिन्छ । किनभने भूकम्प आफैले भन्दा हामीले बनाएको संरचनाले नै मानवीय क्षति पुर्‍याउने हो । त्यसैले भूकम्पबाट जोगिन हामी सदैव तयार रहनर्ुपर्छ । सुरक्षित खालका घर बनाउनु पर्छ ।
ठूला भूकम्प आउदा हामीले धेरै पटक यसको त्रासदी व्यहोरिसकेका छौं । ९० सालको भूकम्प भोग्यौं, २०३७ साललाई भोग्यौं । त्यसपछि पनि धेरै पटक त्रासदी भोग्यौं । सबैभन्दा बढी क्षति गत बैशाख १२ र २९ गते गएको भूकम्पले हामीलाई त्राही बनाइदियो ।
घर कस्तो बनाउने भन्ने बारेमा रोल्पाामा लामो समयदेखि पिल्लरवाला र ढुंगाको गारोवाला घर बनाउदै आउनु भएका दर्ुइ जना मिस्त्रीको धारणा यस प्रकार छ ः
'मैले पिल्लरवाला घर बनाउने काम लामो समयदेखि गर्दै आएको छु । भारतमा काम गर्दादेखि नै मैले यो कम सिकेको हुँ । घर बनाउने क्रममा मिस्त्रीको सीप भन्दा घरमालिकको सल्लाह र योजना अनुसार घर बनाउनु पर्ने अवस्था छ । केही वर्षपहिलेको भन्दा अहिले घर बनाउदा प्रयोग गरिने सामग्रीमा केही फेरबदल आएको छ । फेरि पनि हामीले घर मालिकाको आर्थिक स्थिति अनुसार नै कमजोर सामग्री प्रयोग गरेर घर बनाउनु पर्ने अवस्था छ । कतिपय अवस्थामा इन्जिनीयरले अस्वीकार गर्दा गर्दै पनि घरमालिकले भने अनुसार घर बन्ने चलन छ रोल्पामा । भूकम्प प्रतिरोधी संरचना बनाउने भन्ने बारेमा मैले अहिलेसम्म कही कतै कुनै पनि तालिम लिएको  त छैन । तर आफैले पछिल्लो पटक यसबारे थोरै भएपनि जानकारी लिने गरेको छु । हाम्रो लागि तालिम संचालन भएमा त्यो तालिम लिन म इच्छुक छु । ' -प्रसाद रोकामगर, मिस्त्री, जेलबाङ, हाल लिबाङ


'ढुंगाको गारो भएको घर बनाउने काम मैले लामो समयसम्म गरेँ । घर बनाउदा सही प्रकारको योजना बनाउनर्ुपर्छ । प्रायः घरहरु दर्ुइ तला भएको र माथि ढंुगाको छानो भएको बनाउने चलन छ । अझै माथिल्लो तलामा भान्सा गर्न मिल्ने गरी बनाइन्छ । गारो लगाउदा माटो र ढुंगाको जडान गर्नुपर्छ । यसरी जडान गर्दा गारोको दुवै छेउतिर ठूला ढुंगा राखिन्छ र त्यसको बीचमा मसिना गावर -ढुंगा वा माटोका मसिना टुक्रा) ले भरेर गारो पूरा गरिन्छ । पहिले लम्बाईतिर पर्ने गरी पूरै कोठा पुग्नेगरी लामो एउटै काठको निराल राखिन्थ्यो भने अहिले त्यो चलन हटेको छ । अहिले चौडाइतिर मात्र पर्ने गरी काठको मसि -काठको दलिन जस्ता) राखिन्छ । भूकम्प प्रतिरोधी तालिम सम्बन्धमा मलाई जानकारी छैन ।' -गञ्जबहादुर शाही, मिस्त्री, लिबाङ, रोल्पा 

अहिले बनिरहेका संरचना गाउँ र शहरमा कमजोर पनि छन् । त्यसैले थुप्रै घर चर्किए, भत्किए र धेरै मानविय र भौतिक क्षति हुन पुग्यो । भूकम्पको क्षति कम गर्न पहिले बनिसकेका संरचनामा प्रवलीकरण विधि अपनाउन सकिन्छ । यसो गर्दा पहिले घर बनाउदा लागेको खर्चको ३० देखि ३५ प्रतिशत खर्च लाग्ने अनुमान गरिएको छ । विज्ञहरुका अनुसार घर भत्काउन सक्ने अवस्था नभएमा यसो गर्न सकिन्छ । तर त्यसका लागि दक्ष प्राविधिकबाट जाँच हुनर्ुपर्छ । घर जस्तै पुल, सडक, विद्यालय, सरकारी भवन, सिनेमाघर, एफएम रेडियो, स्व्ाास्थ्य चौकी लगायतका सबै संरचनालाई प्रवलीकरण गर्न सकिन्छ । यो पनि भूकम्प प्रतिरोधी संरचना बनाउने एउटा विधि मध्येकै एउटा विधि हो । नेपालमा अहिलेसम्म ५ सय जति विद्यालयहरुलाई प्रवलीकरण गरिएको छ ।
भूकम्पीय जोखिम न्यूनीकरण गर्न हरेकले बुझ्नु पर्छ । यसबारे सही बुझेमा मत्र जोखिम न्यूनीकरण गर्न सघाउ पुग्छ । बुझेका कुरा एकले अर्कालाई सिकायो भने वा त्यस प्रकारको व्यवहार गर्‍यो भने सजिलो हुन्छ । अग्लो घरको कारण छिमेकी र आफैलाई नोक्सान हुने कुरा अहिलेको भूकम्पको दृश्यबाट जानकारी लिइसकेका छौं । यदि घर ४ तला छ भने २ तला झिकेर प्रवलीकरण गर्न सकिन्छ ।

'जिविस र गाविसले संयुक्त रुपमा भू उपयोग योजना बनाउनु पर्छ । कहाँ, घर बनाउने, कहाँ वस्ती बसाल्ने भन्ने योजना जिल्ला विकास समितिको आवधिक जिल्ला विकास योजनाको आर्थिक वर्ष२०७२/७३ देखि २०७६/७७ सम्ममा हामीले पूरा गर्ने योजना अघि सारेका छौं । गाविस राज्यको तल्लो निकाय हो, यसले सरकारले ल्याएको भू उपयोग नीति र योजना लागू तथा कार्यान्वयन गर्नु पर्छ ।'-जिविसका सूचना अधिकृत रामकुमार न्यौपाने 

'नगरवासीलाई भवन संहिताबारे जानकारी गराउदैछौं । असार मसान्तसम्म नयाँ भवन बनाउन रोक्का गरिएको छ । त्यो कार्यान्वयन गर्न हामी लागेका छौं । काम सुरु गरेको भए दर्ुइ तलासम्म मात्र बनाउन सूचना गरेका छौं । दर्ुइ तलामाथिसम्म निर्माण भइरहेको भए जति छ, त्यतिकै अवस्थामा रोक्न आग्रह गरेका छौं । नयाँ भवन निर्माणका लागि भने साउनपछि स्वीकृति दिने र नक्सा पास सुरु गर्ने योजनामा छौं ।' -नीमबहादुर केसी, कार्यकारी अधिकृत, लिबाङ नगरपालिकाका रोल्पा । 

'घर बलियो बनाउनका लागि प्राविधिको सल्लाह लिन जरुरी छ । बिल्डिङ कोड -भवन संहिता) अनुसार नक्सा पास गराउने र स्थानीय निकायले सिफारिस गरेको हुनर्ुपर्छ । साथै गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गर्नु पर्छ । अर्को कुरा कहाँ र कस्तो खालको जमिनमा घर बनाउने भन्ने कुरा राम्ररी सोचेर मात्र योजना अघि बढाउनर्ुपर्छ । माटो परीक्षण गरेर मात्र घर बनाउनर्ुपर्छ ।' -केदार शर्मा फूयाँल, इन्जिनीयर, जिल्ला प्राविधिक कार्यालय रोल्पा । 

निष्कर्षः 
नेपालमा भवन संहिता २०६० सालमा ल्याइएको हो । त्यसअघि २०५५ सालमै भवन ऐन बनिसकेकोे थियो । २०४५ सालमा नगर विकास ऐन समेत जारी गरिएको थियो । यस्तै राष्ट्रिय शहरी नीति २०६४, राष्ट्रिय आवास नीति २०६८ लगायतका ऐन तथा नियमहरु पनि सरकारले बनाइसकेको छ । तर यी ऐन नियम सरकारका लागि मात्र बनाइएका हुन् कि भन्ने धारणा भएको पाइन्छ । सरकारी कार्यालय र परियोजनामा मात्र लागू गरिएको देखिन्छ । यसरी जारी भएका ऐन, नीति नियमहरु र्सवसाधारणले सरल तरिकाले बुझन सक्ने गरी ल्याइनर्ुपर्छ र कार्यान्वयन पनि गरिनर्ुपर्छ । घर वा भवन बनाउदा नक्सा पासलाई व्यवस्थित गरी सरकारले अनुगमन समेत गर्नर्ुपर्छ ।
गाउँघरतिर बैगले -दुइतले भन्दा बढी) घर बनाउने, तल्लो तलामा वस्तुभाउ राख्ने गरेको पाइन्छ । यसको सट्टामा मानिस बस्ने १ तले अलग्गै घर निर्माण गर्ने र वस्तुभाउ राख्ने अलग्गै गोठ बनाउनु उपयुक्त हुन्छ । अन्यथा पैसा छ भन्दैमा जथाभावी घर बनाउने चलनले भूकम्प प्रतिरोधी घर बनाउने नियम मिचिन्छ । त्यसैले जथाभावी बनाइएका संरचनाले आफू, आफ्नो परिवार र छिमेकी समेत क्षति पुग्छ र काल निम्त्याउँछ । तर्सथ, आफूले बनाउने घर कसरी बनाउँदा भूकम्प प्रतिरोधी हुन्छ भन्नेबारे आफूलाई पायक पर्ने प्राविधिकबाट निरन्तर सल्लाह लिदै घर बनायौं भने सुरक्षा हुनसक्छ ।

सुझावका लागि
कार्यक्रम 'हाम्रो यात्रा' 
सत्प्रयास मिडिया गु्रप
hamroyatrasmg@gmail.com
facebook.com/hamroyatrasmg 
सुन्नका लागि तलकोमा क्लिक गरौं ।  
http://kiwi6.com/file/sxsz0ljllf

No comments:

Post a Comment