नेपाल पत्रकार महासंघ रोल्पा

नेपाल पत्रकार महासंघ रोल्पा शाखाको
दोस्रो जिल्ला अधिवेशन २०६५ मा
जिल्ला शाखा रोल्पाद्वारा प्रस्तुत
२०६३ जेठ १३ देखि हाल सम्मको
प्रगति प्रतिवेदन

सभापतिज्यू तथा
जिल्ला शाखा सम्बद्ध साथीहरु
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको यस दोस्रो जिल्ला अधिवेशन भव्य एवं ऐतिहासिक रुपमा सम्पन्न गर्न पाल्नु भएका सम्पूर्ण तपाई प्रतिनिधि साथीहरु ।
सर्वप्रथम त म जिल्ला शाखा रोल्पाको तर्पुबाट पेशागत एकताको हार्दिक न्यानो अभिवादन टक्र्याउन चाहन्छु । दोस्रो जिल्ला अधिवेशनको यस ऐतिहासिक अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनदेखि हाल सम्मका सम्पूर्ण ज्ञात-अज्ञात अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धााजली अर्पण गर्दछु । यस महत्वपूर्ण अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पालाई स्थापना कालदेखि यहाँ सम्म ल्याई पुर् याउनु हुने महासंघका आदरणीय अग्रज औपचारिक तथा अनौपचारिक रुपमा विभिन्न सहयोग सल्लाह तथा सुझाव प्रदान गर्दै आउनु भएका आदरणीय सल्लाहकार महानुभावहरु सम्पूर्ण साचारकर्मी साथीहरु जिल्ला स्थित राजनीतिक दलका मित्रहरु मानव अधिकारवादी संघ संस्थाका मित्रहरु तथा आदरणीय जनसमुदायलाई महासंघ रोल्पाको संस्थागत विकास र आन्दोलनमा खेल्नु भएको महत्वपूर्ण भूमिका र योगदानप्रति जिल्ला शाखा रोल्पाको तर्पुबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
नेपाल पत्रकार महासंघ सम्पूर्ण साचारकर्मीहरुको हकहित अधिकार र सर्वाङ्गीण विकासको लागि स्थापित साझा संगठन हो । महासंघको सांगठनिक जीवनमा विधानतः व्यवस्था भए अनुरुप तथा महासंघको आगामी २२ औं महाधिवेशनको प्रयोजनको लागि सबै जिल्ला शाखा प्रतिष्ठान एवं एशोसिएट संस्थाहरुको अधिवेशन ०६४ पुस र माघ भित्र सम्पन्न गर्ने परिपत्र भए अनुसार जिल्ला शाखालाई जीवनता दिन रोल्पा जिल्ला स्थित नेपाल पत्रकार महासंघ रोल्पा शाखाले २०६४ माघ २६ गते दोस्रो जिल्ला अधिवेशनको तयारी गरेको थियो । तर क्रान्तिकारी पत्रकार संघ र नेपाल पे्रस यूनियनले नयाँ सदस्यता माग गरेकाले जिल्ला शाखाले केन्द्रसँगको समन्वयका लागि आपसी छलफल मार्फत दोस्रो अधिवेशन स्थगन गरिएकाले आजका मितिमा हामी स्थगित शाखाको दोस्रो अधिवेशन सम्पन्न गर्न यो हलमा भेला भई रहेका छौं । महासंघको सांगठनिक जीवनमा दोस्रो जिल्ला अधिवेशनले विशेषतः विगतका कार्यकालको समीक्षा भावी कार्य योजना तय र नयाँ कार्य समितिको चयन गर्ने छ । दोस्रो जिल्ला अधिवेशनले यही भावनालाई मध्यनजर गर्दै सम्पूर्ण प्रतिनिधि साथीहरु अत्यन्तै गम्भीर एवं जिम्मेवारीपूर्ण ढङ्गले प्रस्तुत हुनु हुनेछ भन्ने आशा एवं पूर्ण विश्वासका साथ अब म २०६३ जेठ १३ गते सम्पन्न महासंघ रोल्पा शाखाको प्रथम जिल्ला अधिवेशनबाट चयन भएको वर्तमान जिल्ला शाखाबाट हालसम्म सम्पन्न प्रमुख कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१ पृष्ठभूमि ः
विश्वलाई चकित बनाउने गरी भएको लोकतान्त्रिक आन्दोलनमा नेपाल पत्रकार महासंघ रोल्पा शाखाले पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको तथ्य तपाई हामीलाई स्पष्टै छ । नेपाल पत्रकार महासंघ लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक विषय मात्र होइन । लोकतान्त्रिक गणतन्त्र प्रेस स्वतन्त्रताका हिमायतीहरुका लागि एक प्रकारको स्वतन्त्रताको मुद्दा हो । विभिन्न पेशा जाति वर्ग र समुदायका लागि लोकतान्त्रिक गणतन्त्र आ-आफ्नै मुद्दा भएको छ । वास्तवमा यो नागरिक मुद्दा हो । राष्ट्रिय स्वाधिनता सार्वभौमिकता र स्वतन्त्रताको मुद्दा हो । नेपालको राजनीतिक घटनाक्रमलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो महान् एवं गौरवशाली संगठन राज्यको चौथो अङ्ग जोडाहा र नेतृत्वदायी संस्था नेपाल पत्रकार महासंघको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विशिष्ट पहिचान छ । महासंघको उक्त पहिचान कायम गर्नमा रोल्पाली साचारकर्मी र रोल्पा शाखाको पनि योगदान पक्कै छ ।
मुलुकमा विकसित शान्ति प्रकि्रयासँगै राष्ट्रिय संकल्पको रुपमा रहेको चैत्र २८ को संविधानसभा चुनाव निर्धारित समयमै सम्पन्न भएको छ । संविधानसभा सम्पन्न गर्नमा दवाव समूहको रुपमा महासंघले पनि सकारात्मक भूमिका खेलेको अवस्था रह्यो । अव बन्ने नयाँ संविधानले सबै उत्पीडित उपेक्षित जातिहरुको जायज मागलाई सम्बोधन गर्नु पर्छ । नयाँ संविधानले सबै जाति क्षेत्र वर्ग लिङ्गको भावनालाई प्रतिनिधित्व गर्नुपर्छ भन्ने हाम्रो ठम्याई रहेको छ । यसलाई सार्थक निश्कर्षमा पुर् याउन महासंघले विगतमा पनि भूमिका खेलेको थियो । आगामी दिनमा पनि थप भूमिका खेल्ने नै छ ।
शाही कालमा रोल्पाली पत्रकारहरु स्वतन्त्रताको आन्दोलनमा होमिएको बेला केही सदस्य साथीहरु विचलित हुनु परेको अवस्था आयो ।
नेपाली प्रेसले आफ्नो पेशागत स्वतन्त्रता आफ्नै लगानीमा स्थापित गरेको तथ्य जगजाहेर छ । लोकतान्त्रिक शासन व्यवस्थाको पुनर्वहाली गर्नमा रोल्पाली साचार जगतको पनि कम महत्वपूर्ण योगदान छैन । पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिको निम्ति नेपाल पत्रकार महासंघ रोल्पा शाखा पनि आफ्नो भूमिका निर्वाह गर्न पछाडि पर्ने छैन । त्यसमा सम्पूर्ण साचारकर्मी साथीहरुको आवश्यक सल्लाह सुझाव सहयोग सहमति समर्थन र जुझारु ऐक्बद्धता रहने नै छ ।
२ संस्थागत विकासको इतिहासः
अब म नेपाल पत्रकार महासंघको संस्थागत विकासको इतिहासलाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
२०१२ साल चैत्र १६ गते विधिवत स्थापना भई विकसित भएको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा हाल कुल ७१ जिल्ला शाखा २९ प्रतिष्ठान शाखा ९ एशोसिएट संस्था र ४ सम्पर्क शाखा सहित संस्थागत साजालमा महासंघ फैलिएको छ ।
२।१ रोल्पा जिल्ला शाखाको स्थापनाः
०६१ पुस १४ मा मानव अधिकार सचेतन केन्द्र हुरेक को कार्यालयमा जिल्ला स्थित कि्रयाशील साचारकर्मीहरुको भेला गरी श्री काशीराम डाँगीको अध्यक्षतामा ९ सदस्यीय नेपाल पत्रकार महासंघ तदर्थ समिति रोल्पा गठन गरिएको थियो । गठित तदर्थ समितिलाई महासंघ केन्द्रीय समितिको ०६२ मंसिर १५ र १६ मा काभ्रेको धुलिखेलमा सम्पन्न वैठकले स्वीकृति प्रदान गरेको थियो । त्यसैले उक्त समिति स्थापना भएको दिनलाई हामी नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको स्थापना दिवसको रुपमा मान्दछौ । जुन हाल सम्म कि्रयाशील छ ।
३ जिल्ला शाखाका गतिविधिहरुः
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको प्रथम जिल्ला अधिवेशनले हामीलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको नेतृत्व गर्न अधिकार र दायित्व सुम्पिएको आज करिव दुई वर्ष भएको छ । यस अवधिमा हामीले निम्नानुसारका कार्यक्रमहरु सम्पन्न गर् यौं ।
३।१ वैठक संचालनः
अहिलेसम्म जिल्ला शाखाको औपचारिक वैठक १३ पटक बस्यो । शाखाका सबै वैठकहरु शाखाको कार्यालयमा बस्यो ।
३।२ कार्यालय व्यवस्थापन समिति गठनः
नेपाल पत्रकार महासंघ रोल्पा शाखाको आफ्नै कार्यालय नरहेकोले कार्यालय व्यवस्थापनको लागि यथाशिघ्र पहल गर्न शाखा कोषाध्यक्ष श्री प्रवेश आचार्यको संयोजकत्वमा ३ सदस्यीय आर्थिक सहयोग संकलन समिति तपसिल अनुसार गठन २०६३ जेठ १४ मा बसेको शाखाको पहिलो वैठकले निर्णय गर् यो ।
तपसिलः
क। श्री प्रवेश आचार्य- संयोजक
ख। श्री धरेन्द्र डाँगी- सदस्य
ग। श्री कर्ण बहादुर बाँठामगर- सदस्य
३।३ शाखा प्रवक्ता चयनः
शाखा रोल्पाको २०६३ जेठ १४ मा बसेको पहिलो वैठकले महासंघको विधानको दफा २१ को ज प्रयोग गरी शाखा प्रवक्तामा उपसभापति श्री खेम बहादुर बुढालाई छनौट गर् यो ।
३।४ खाता साचालनः
०६४ जेठ १४ मा बसेको शाखाको पहिलो वैठकले महासंघको विधानको परिच्छेद ७ दफा ३४ उपदफा ५ बमोजिम शाखा सभापति काशीराम डाँगी र कोषाध्यक्ष प्रवेश आचार्यको संयुक्त हस्ताक्षरमा नेबैंलि रोल्पामा खाता साचालन गर्ने निर्णय भए पनि विविध कारणवश कार्यान्वयन हुन सकेको छैन ।
३।५ ध्यानाकर्षणः
शाखा रोल्पाको २०६४ जेठ ३१ मा बसेको वैठकले जिल्लामा साचार असुविधाका कारण समाचार सम्प्रेशन गर्न कठिन भएको र यसको प्रत्यक्ष असर सबै नागरिकले व्यहोरी रहेकोले यथाशिघ्र टेलिफोन उपलब्ध गराउन सरकारलाई दबाब दिने हेतुले जिल्लाबाट प्रतिनिधित्व हुने गरी जिल्ला स्थित राजनीतिक दल नागरिक समाज बुद्धिजीवि व्यापारी सम्मिलित एक प्रतिनिधि मण्डल छनौट गरी काठमाडौं जाने निर्णय भए अनुसार ०६३ साउन १४ मा डेलिगेशन गइयो । जसमा महासंघ रोल्पाको तर्पुबाट सभापति काशीराम डाँगीले भाग लिनु भएको थियो ।

३।६ सल्लाहकार चयनः
शाखा रोल्पाको २०६३ साउन २४ मा सम्पन्न वैठकले शाखा रोल्पाका सल्लाहाकारहरुमा तपसिलका महानुभावहरुलाई छनौट गर् यो ।
तपसिलः
क। श्री भोजराज आचार्य लिवाङ-५ रोल्पा
ख। श्री नविन विभास राङ्कोट-७ रोल्पा
ग। श्री टेकेन्द्र घर्तिमगर मिझिङ-६ रोल्पा
घ। श्री नारायण आचार्य लिवाङ-५ रोल्पा
३।७ स्वागतः
नेपाल सरकार सूचना तथा साचार मन्त्रालयले श्रमजीवि पत्रकारहरुको हकहित र पेशागत निरन्तरताको लागि श्रमजीवि पत्रकार ऐन लागु गर्न उच्च स्तरीय मिडिया आयोग र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सुझावलाई विशेष रुपमा पालना गर्ने भनेको हुँदा महासंघ रोल्पाले उक्त कदमको स्वागत गर्दै यथाशीघ्र कार्यान्वयन गर्न महासंघको ०६३ साउन २४ को वैठकले आग्रह गर् यो ।
३।८ आग्रहः
०६३ साउन २४ मा बसेको शाखाको वैठकले तत्कालीन परिवेशमा जारी शान्ति वार्तालाई सहयोग पुर् याउन नेपाल सरकार र नेकपा माओवादीले पत्राचार गर्न ढिलाई गरेकोमा तत्काल पत्राचार गर्न तथा १९ दिने जनआन्दोलनको म्यान्डेटलाई संस्थागत गर्दै शान्ति वार्तालाई यथाशिघ्र निकासमा पुर् याउन विशेष आग्रह गर् यो ।
३।९ तालिमः
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा रोल्पाको संयुक्त आयोजनामा ५ दिने आधारभूत पत्रकारिता तालिम भाद्रमा सदरमुकाम लिवाङमा सम्पन्न गरियो । तालिममा विभिन्न गाविसका २१ सहभागिताको उपस्थिति थियो । तालिमलाई शाखाका सभापति उपसभापति सचिव कोषाध्यक्ष लगायतको सहजिकरण गर्नु भएको थियो ।
महासंघ रोल्पाले ०६३ चैत्र ४ देखि ८ सम्म लिवाङमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गर् यो । जसमा विभिन्न २१ गाविसका २१ सहभागीहरुलाई तालिम दिइएको थियो । तालिमलाई शाखा रोल्पा सम्बद्ध साचारकर्मीहरुले सहजीकरण गर्नु भएको थियो ।
महासंघ केन्द्रीय समितिद्वारा ०६४ असार २ र ३ गते प्यूठान खलङ्गामा आयोजित नेतृत्व व्यवस्थापन तालिममा शाखा सभापति काशीराम डाँगी र सचिव हिराबहादुर घर्तिमगरको सहभागिता रह्यो । तालिममा राप्ती अाचलका शाखा सभापति र सचिवहरुको उपस्थिति थियो भने भेरी अाचलका केही जिल्लाका शाखा सभापतिको पनि सहभागीता थियो । तालिमलाई कृष्ण प्रसाद वस्याल ुराकेशु र जनक अर्यालले सहजीकरण गर्नु भएको थियो । महासंघका केन्द्रीय सदस्य सूर्य थापा तालिम संयोजक रहेको तालिममा प्रमुख अतिथिको रुपमा महासंघका सभापति विष्णु निष्ठुरी हुनुहुन्थ्यो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा ०६३ भदौ ३ र ४ मा साचालन गरिएको शान्ति र पत्रकारिता विषयक तालिममा यस शाखाबाट कोषाध्यक्ष प्रवेश आचार्यलाई सहभागीको रुपमा पठाइयो ।
सिविन नेपाल रोल्पाको आयोजनामा ०६४ मंसिर ५ देखि ७ सम्म लिवाङमा साचालित आधारभूत वाल पत्रकारिता तालिममा शाखाबाट तपसिलका साचारकर्मीहरुले सहजीकरण गर्नु भयो ।
तपसिलः
क काशीराम डाँगी
ख किरण आचार्य
ग केशव शर्मा



४ धन्यवाद ज्ञापनः
मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाले स्थापना कालदेखि ०६३ फागुन ३ सम्म नेपाल पत्रकार महासंघ रोल्पा शाखालाई कार्य संचालन गर्न कोठा लगायत विभिन्न आवश्यक सामग्री उपलब्ध गराउदै आएकोमा हुरेक रोल्पालाई शाखा रोल्पाको ०६३ पुस २५ मा सम्पन्न वैठकले विशेष धन्यवाद ज्ञापन गर् यो ।
५ टेलिफोनः
७३टज्ञटछटसजिल्ला स्थित सर्वदलिय÷सर्वपक्षिय वैठकले ०६४ असार १७ मा महासंघ रोल्पालाई १२ लाइन सिडिएमए फोन उपलब्ध गराउने निर्णय गर् यो । नेपाल टेलिकम रोल्पाद्वारा वितरण गरिएको उक्त फोन महासंघ सम्बद्ध साचारकर्मीहरुलाई उपलब्ध गराउने निर्णय शाखा रोल्पाको ०६४ असार १९ मा सम्पन्न वैठकले गर् यो ।
७३टज्ञटछटसनेपाल टेलिकम