My Rolpa

जिल्ला परिचय
रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो । यो मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चलमा पर्दछ । जिल्लाको पूर्वमा बाग्लुङ र प्यूठान जिल्लापश्चिममा सल्यान जिल्लाउत्तरमा रुकुम जिल्ला र दक्षिणमा दाङ जिल्ला पर्दछ । यस जिल्लाको सदरमुकाम लिबाङमा रहेको छ । राजनीतिक
तथा प्रशासनिक विभाजनको हिसाबले जिल्लालाई २ निर्वाचन क्षेत्र११ इलाका र ५१ गाविस रहेको छ । २०५८ सालको राष्ट्रियजनगणना अनुसार जिल्लाको जनसंख्या २ लाख १० हजार ४ जना रहेको छ । जसमा १ लाख ८ हजार ४ सय १२ जना महिला र १ लाख १ हजार ५ सय ९२ जना पुरुष रहेका छन् । यस जिल्लामा मगर जातिहरुको बाहुल्यता रहेको छ । २०५८ सालको राष्ट्रिय जनगणना अनुसार जिल्लामा ४३.७८ प्रतिशत मगर३३.३८ प्रतिशत क्षेत्री१०.५० प्रतिशत कामी र १२.३४ प्रतिशत अन्य रहेका छन् ।
रोल्पा जिल्लाको सदरमुकाम लिवाङ हो । यस जिल्लाको जम्मा क्षेत्रफल १,८७९ बर्ग कि.मी. छ भने गा.बि.स. ५१ छन् । संबिधान सभा निर्वाचन क्षेत्र सङ्ख्या २ वटा छन् । यहाँको टेलिफोन कोड नम्बर ०८६ हो तर यहाँ भि-स्याट प्राबिधिका फोनहरु पनि सुचारु छन्जसको कोड नम्बर ०१९ हो तर अहिले सिडिएमए र नमस्तेका सेवाहरु सुचारुमा छन् । हालै मात्र स्काइ नेटले वायरलेस प्राबिधिको इन्टरनेट सेवा पनि सदरमुकाममासन्चालनमा ल्याएको छ ।
यहाँ जलजला हिमाल (बराह क्षेत्र)राँकमाधुरी चुचुरो. सुनछहरीजेदबाङ दउराली जस्ता पर्यटकीय स्थलहरु छन् । त्यस्तै शिव पाञ्चायन मन्दिर खुङ्ग्री. शिव गुफा जुगारशिव गुफा जुगारस्वर्गद्वारी प्रभुको जन्मस्थल रुन्टी(सखी)शिव मन्दिर गुम्चाल लगायतका धार्मिक स्थलहरु रहेका छन् ।

जिल्लाको नामाकरण:
रोल्पा” भनेर चिनिने यो जिल्ला स्थान विशेष रोल्पाथुम” को कारणले रोल्पा बनेको हो । तर अनौठो कुरा के छ भने अहिले रोल्पा” भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ । सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो । त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा रोल्पा” पनि सल्यान मै छुट्न गएको हो ।

जिल्लाको ईतिहास:
एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरुमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरुले राज्य गर्दथे । तथापि यहाँका राजाहरुले अन्य राजाहरु जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो । त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ । गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३ को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ । सेन राजा गजुलमा सुरुदेखि नै बसेको भने पाइदैन । गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरु राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ । उनीहरुले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजिकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए । यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरुको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो ।
तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाईन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए । उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए । उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाई बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरुलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन् । उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह रुकुम दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो । त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए । तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए । उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो । त्यसरी भत्ता प्राप्त गर्नेअन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन् । उनको वि.सं. २०४९ सालमा मृत्यु भयो ।
वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरुलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान र सल्यान जिल्लामा पर्दथ्यो । पछि सात सय सखीआठ हजार बुढागाउँनौसय माडिखोलारोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान र प्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो । पछि वि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो । हाल रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेको छ ।
रोल्पा जिल्लाको थबाङ गाविसमा अवस्थित सु्न्दर पहाडको नाम हो जलजला । प्राकृतिक दृष्टिले जलजला निकै मनोरम छ । यहाँको प्राकृतिक सुन्दरता पर्यटकलाई स्वागत् गर्न प्रतीक्षारत छ । त्यसको अतिरिक्त यहाँका आदिवासी जनजाति मगर जातिको मौलिक संस्कृति भेषभुषा खाम भाषा र जीवनपद्दति पनि पर्यटनका आकर्षण हुन् ।
पर्यटकीय गन्तव्य स्थल बन्न जलजलाको प्राकृतिक सुन्दरता र साँस्कृतिक छटाका साथै माओवादी जनयुद्धको केन्द्र हुनुले पनि थप आकर्षण गर्ने छ । किनकि जलजलासँग माओवादी जनयुद्ध र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास पनि गाँसिएको छ । नेपालमै साम्यवादको अभ्यास भइरहेको जनकम्युन जलजला फेदीका प्रमुख अध्ययन अनुसन्धानका थप आकर्षण केन्द्र हुन् ।
जलजला धार्मिक स्थल पनि हो । वैशाख जेठ र साउनमा वर्षको तीनचोटि तीर्थालुहरु जलजला आउँछन् । राप्तीका अतिरिक्त भेरीका जाजरकोट सूर्खेत र कर्णालीका विभिन्न जिल्लाबाट पूजा र दर्शनका लागि आउने गर्छन् ।
जलजलाको प्राकृतिक साँस्कृतिक धार्मिक र राजनीतिक ुबहुआयामिकु मिश्रणले पनि पर्यटकका आकर्षक गन्तव्य बन्न सक्छ । प्रकृति र सँस्कृतिमा मात्रै सीमित नेपालको पर्यटन व्यवसायमा जलजला राजनीतिक पर्यटनका लागि नौलो पर्यटन गन्तव्य हुन सक्ने प्रवल संभावना छ ।
जलजला रोल्पाको प्रतिविम्व हो । जनयुद्ध र रुपान्तरणको हिसाबले नेपाली राजनीतिक परिवर्तनको रोल्पा मुहान बनेको छ त्यसरी नै रोल्पाको पहिचान हो जलजला ।

जात्रा तथा मेलाहरु:
१. मंसिर पुर्णिमाको दिन बडाचौर गाविसको वडाचौरमा बराहमेला लाग्दछ ।
२. श्रिपन्चमीको दिन खुंग्री गाविसको चतुर्भूजमा श्रिपन्चमी मेला लाग्दछ ।
३. कोजाग्रत पूर्णिमाको दिन दुविडाँडा गाविसको चिन्नेथानमा सिद्धमेला लाग्दछ ।
४. विजया दशमीको दिन गजुल गाविसको गजुलकोटमा दशैं मेला लाग्दछ ।
५. जेष्ठ पूर्णिमाको दिन थबाङ गाविसको जलजलामा बराह मेला लाग्दछ ।
६. भदौ १२ गतेको दिन जुगार गाविसको चविघाटमा बाह्र भदौ मेला लाग्दछ ।

नाच:
१. सोरठी नाच मगर समुदायमा नाचिने – तिहारमा
२. भैलो नाच सबै समुदायले नाच्ने – तिहारमा
३. सारंगी नाच घर्तिगाउँमा मगर जातिले नाच्ने – विभिन्न पर्वमा
४.पञ्चमी नाच सबै समुदायले नाच्ने – पञ्चमीमा  

थबाङ गाबिसको परिचय:
रोल्पाका ५१ गाविसमध्ये एक हो थबाङ । रुकुमसँग जोडिएको उत्तरी भेगमा थबाङ अवस्थित छ । क्रान्ति परिवर्तन र शान्तिको क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो पहिचान बनाइसकेको छ ।
थबाङमा रहेको जलजला जेलबाङ मिरुल उवा सेरम र धबाङ गरी ६ वटा गाविससँग जोडिएको छ । समुद्री सतहदेखि ३१९३ मिटर उचाइमा रहेको जलजला पशुपालनका लागि उपयुक्त चरनक्षेत्र पनि हो ।
जनयुद्ध तयारीका क्रममा २०५२ तिर नेकपा माओवादीले रोल्पाको जलजला पहाड र रुकुमको सिस्ने हिमाललाई प्रतिविम्वित गरेर ुसिज मितेरी अभियानु चलाएको थियो । कुनै बेला धार्मिक हिसाबले मात्र परिचित जलजला ुसिज मितेरी अभियानु हुँदै जनयुद्धको विस्तारले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित भयो । प्रकृति सँस्कृति र राजनीतिमा आफ्नै मौलिक पहिचान बनाएको जलजला धार्मिक दृष्टिले पनि राप्तीकै प्रमुख धार्मिक स्थलमध्ये एक हो ।
जलजला रोल्पाको सदरमुकाम लिबाङबाट करिब २४ कोष उत्तर र पूर्वी रोल्पाकै प्रमुख व्यापारिक केन्द्र सुलिचौरदेखि २२ कोष उत्तर-पश्चिममा अवस्थित छ ।

भौगोलिक अवस्थिति:
तीन महिनासम्म जलजलामा हिउँले ढाकिन्छ । आधा दर्जभन्दा बढी गुराँस प्रजातिका खाम भाषामा चेम्ला कहँवै रथविरथ भनिने गुराँस पाइन्छ । रातो फुल्ने कहँवै चैतमा फुल्छ भने सेतो फुल्ने चेम्ला वैशाखमा फुल्छ ।
डाँफे मुनाल कालीजलगायत सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी यहाँ पाइन्छन् । चितुवा भालु मृग घोरल कस्तुरी बँदेललगायतका दर्जनौ जातिका वन्यजन्तु पनि पाइन्छन् । यहाँ पाँचऔले जटामसी केशर निङलगायत १०० भन्दा बढी प्रजातिका मूल्यवान् जडीबुटी यहाँ पाइन्छ ।
घाँसे मैदानमा मौसमअनुसार फुल्ने रङ्गीबिरङ्गी फूलहरुले जलजलाको सुन्दरता थप्छन् । असारदेखि भदौसम्म तीन महिनासम्म भारमासे मिन्जौरी पाटवलगायतका लेकाली फूलहरुले जलजला दुलहीजस्तै िसंगारिन्छ । जलजलामा पाइला टेक्दा पूरा जमिन नै हल्लिएजसरी ुथलथलु भएको अनुभूति हुन्छ । कुनै बेला जलजलामा दह थियो । जलजलाबाट सिस्ने धौलागिरी अन्नपूर्ण माछापुच्छ्रेजस्ता हिमशृङ्खलाहरु अवलोकन गर्न सकिन्छ । पर्यटकहरुको हिमाल हेर्ने तिर्खा पनि जलजलाले मेटाउँछ 
जनयुद्धमा बलिदान गरेका सहिद र जनयुद्ध तयारीको झल्को दिने जलजलाको छेउमै रहेको धरमपानी पहाडमा सिज स्तम्भु रहेको छ । धरमपानीबाट रोल्पाका अधिकांश गाविससहित राप्ती धवलागिरी र लुम्बिनीका विभिन्न जिल्लाका भूभाग दृष्यावलोकन गर्न सकिन्छ । जलजलामा रहेको भामा गुफा पर्यटकका लागि अर्को आकर्षण हो । जलजला र धरपानीको बीचमा अवस्थित खरिढुम्कामा खरिढुङ्गाको खानी रहेको छ ।

सँस्कृति:
खाम भाषीहरुको जलजला क्षेत्रमा बसोबास छ । रोल्पा नेपालकै मगर जातिको बाहुल्यताको हिसाबले पाल्पापछिको दोस्रो हो । जलजला क्षेत्रसँग जोडिएका थबाङ जेलबाङ उवा मिरुल धबाङ सेरम गाम कुरेली ह्वामा आदि खाम भाषी बस्ती हुन् । भेषभुषा रहनसहन र यहाँको जीवनशैली मौलिक छ । माघेसङ्क्रान्ति र भूम्या यस क्षेत्रका प्रमुख पर्व हुन् । भूम्या मारुनी पैसेरु सारङ्गी रोल्पाका प्रमुख नृत्य हुन् ।
मगर समुदायको अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रमुख गन्तव्यस्थल बन्ने सम्भावना छ ।
जनयुद्धले समाजमा ल्याएको रुपान्तरणसँगै महिलाले हलो जोत्ने नयाँ संस्कृतिको थालनी पनि भएको देखिन्छ । जनयुद्धको क्रममा पहिलोपटक यसै क्षेत्रमा महिला प्लाटुनको निर्माण भएको थियो ।

राजनीतिक अवस्थाबाट चिनाउदाँ
जनयुद्धको केन्द्र:
रोल्पामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना २०१३ मा थबाङमा भयो । २०१५ को आमनिर्वाचनमा थबाङको सम्पूर्ण भोट कम्युनिस्ट पार्टीका उम्मेदवारलाई खस्यो भने २०३७ जेठ १० गते भएको जनमत सङ्ग्रहमा सम्पूर्ण भोट बहुदललाई । २०३८ वैशाख २९ गते सम्पन्न राष्ट्रिय पाचायतको चुनाबमा थबाङमा पूर्ण बहिस्कार भयो । बहिस्कार गरेकै कारण थबाङी जनताविरुद्ध २०३८ कात्तिक ५ गते सैनिक अपरेसन भयो । दर्जनौं गिरफ्तार भए । केही जेल गए । धेरैले यातना पाए । र केही भूमिगत भए । २०४६ मा बहुदल आएपछि थबाङलगायतका केहीं ठाउँमा मात्र सीमित रहेको कम्युनिस्ट आन्दोलन रोल्पाभर फैलियो ।
जनयुद्ध थालनी हुनुअघि २०४९÷५० को ग्रामीण वर्गसङ्घर्षमा रोल्पाले अग्रणी भूमिका निभायो । जनयुद्ध थालनीको तयारीको क्रममा जलजलाको लामुइखारमा छापामार तालिम सम्पन्न भएको थियो । २०५२ फागुन १ गते नेकपा माओवादीले होलेरी इलाका प्रहरी कार्यालयमाथि हमला गरेर जनयुद्ध घोषणा गर् यो । त्यसरी थालनी भएको जनयुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै चर्चाको शिखरमा रह्यो । रोल्पा जनयुद्धको केन्द्रीय आधार इलाका बन्यो । रोल्पाबाट नै माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धको नेतृत्व गरे ।
जनयुद्धका समयमा राज्यआतंकले गाउँ आतंकित बने । जीवन रक्षाका लागि गाउँ छाडेर जङ्गल पसेका रोल्पाली दर्जनौं महिलाले जङ्गलमै बच्चा जन्माए ।

वलिदानको केन्द्र:
जनयुद्धमा ८२५ जना रोल्पालीले वलिदानी दिएका छन् । यो नेपालकै सबैभन्दा बढी वलिदान भएको जिल्ला हो । रोल्पामा पनि जेलबाङबाट सबैभन्दा बढी ६२ जनाको वलिदानी भएको छ । जनयुद्धको क्रममा राज्यका तर्फबाट थुप्रै सामूहिक हत्याकाण्ड पनि भए । रोल्पाको पाते गुम्चालमा तात्कालीन राज्य पक्षले २०५८ चैत ४ गते ४६ जनाको एउटै चिहान बनायो । जेलबाङ भाबाङ सुकिदह धबाङ ह्वामा थबाङ मिरुल गजुल खुमेल गामलगायतका भागमा त्यसबेलाको सरकारले गरेका विभत्स सामुहिक हत्याकाण्ड हुन् । सङ्कटकालमा पाछाबाङ थबाङ र तेबाङमा सरकारले आगजनी गरी लाखौंको धनजनको क्षति भएको थियो ।

जनकम्युन  सहकारी:
जनयुद्धको विकाससँगै रोल्पामा जनकम्युनमार्फत साम्यवादको अभ्यास थालेको थियो । कम्युन उन्मुख जनसहकारी चल्दैछन् । विश्वमा समाजवाद धरासायी बन्दैगएको बेला रोल्पामा जनकम्युन र जनसहकारी चल्नु विश्वकै उदाहरणको रुपमा लिन सकिने बताए । थबाङमा अजम्बरी जनकम्युन जेलबाङमा जलजला जनकम्युन मिरुल गाममा सामाजिक सहकारी चलिरहेका छन् । संचालनमा रहेका यी सबै जलजलासँगै जोडिएकाछन् । पर्यटकीय गन्तव्यका लागि यी जनकम्युन पनि प्रमुख आकर्षण हुन् । यसको अध्ययन अनुसन्धान अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सुरु भएको छ । विश्वविद्यालयका विद्यार्थी बढ्ता आकर्षित देखिएका छन् ।

अजम्बरी जनकम्युन:
थबाङमा चलिरहेको अजम्बरी जनकम्युन २०६० जेठ १४ गते स्थापना भएको हो । ३२ घरधुरीका १४५ जना कम्युन सदस्य छन् । कम्युन सदस्यका निजी सम्पत्तिको नाममा सियो पनि छैन । सामूहिक काम सामूहिक बसाई सामुहिक खवाई पढाई लवाई कम्युनका विशेषता हुन् ।

जलजला जनकम्युन:
जेलबाङमा चलिरहेको जलजला जनकम्युनको २०५८ भदौ २६ गते स्थापना भएको हो । स्थापना हुँदा मुलुकमा सङ्कटकाल लागेको थियो । यस कम्युनमा ११ घरधुरीका ६८ सदस्य छन् ।

सामाजिक सहकारी:
कम्युनउन्मुख दुईवटा सामाजिक सहकारी चालू रहेका छन् । गाऊमा तमाली र मिरुलमा रविन स्मृति सामाजिक सहकारी संचालनमा छन् । तमाली सामाजिक सहकारीको २०६२ भदौ २६ गते स्थापना भएको हो । यसमा १४ घरपरिवारका ९६ सदस्य छन् । यस सहकारीमा उत्पादनका साधन निजी र सामूहिक दुवै स्वामित्वमा छन् ।
रविन स्मृति सामाजिक सहकारी २०६२ फागुन १३ गते स्थापना भएको हो । सहकारीमा ६ घर परिवारका ३६ जना सदस्य छन् । उत्पादनका साधन केहीं निजी र सामूहिक स्वामित्वमा छन् । रोल्पा जिल्लालाई नै समेट्नेगरी पछिल्लो चरणमा लुङ्री-माडी कृषि सहकारी पनि खुलेको छ ।

युद्धसँगै नयाँ निर्माण
सहिदमार्ग:
जनयुद्धताका रोल्पामा भरुवा बन्दुकदेखि कःन् न्एःन् डज्ञ ु। सम्मका अत्याधुनिक हतियार पनि बने । भीषणयुद्धका बीचमा सहिदमार्ग बनेको थियो । जतिबेला सङ्कटकाल थियो त्यो समयमा रोल्पा र आधार इलाकाका अन्य जिल्लाका जनताले ुनुवागाउँ-चुनबाङ÷थबाङ सहिदमार्गु खनेका थिए । बमगोलाका बीचमा २०६१ कात्तिकबाट २०६२ असारसम्म सहिदमार्गको पहिलो वर्षको निर्माण कार्य सकिएको थियो ।
९३ किलोमिटर रहेको सहिदमार्गमध्ये एक वर्षमै नुवागाउँदेखि तिलाबजारसम्म १७ किलोमिटरको सहिदमार्ग बन्यो । हाल सहिदमार्गको कोटगाउँ खण्डबाट सदरमुकाम लिबाङ जोडिएको छ । निर्माणाधिन सहिदमार्ग घर्तीगाउँसम्म निर्माण कार्य पूरा हुने प्रकि्रयामा छ ।
सहिदमार्ग बनाउन रोल्पा रुकुम सल्यान दाङ प्यूठान गुल्मी अर्घाखाँची वाग्लुङका जनता सहभागी भएका थिए । त्यसैगरी जनमुक्ति सेना जनकलाकार देशैभरबाट प्रतिनिधित्व गर्ने क्रान्तिमा समर्पित विभिन्न क्षेत्रका योद्धाले पनि भाग लिए । ऐक्यबद्धता जनाउँदै सर्वहारा अन्तर्राष्ट्रिय बि्रगेडका विभिन्न समूहले समेत निर्माण कार्यमा योगदान पुर् याए । पहिलो टोलीमा टोम टर्कीको नेतृत्वमा र दोस्रो जेसन कोलम्बियाको नेतृत्वमा आएको बिग्रेडले सहिदमार्ग निर्माणमा सहभागी भए । सहिदमार्ग निर्माणको पहिलो वर्षको कार्य ८४१७७५ जनजनसमुदायको उपस्थितिमा सम्पन्न भएको थियो । सम्भवतः यो चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको निधनपछि क्रान्तिकै बीचमा वृहत् जनपरिचालनकोनमूना थियो । सहिदमार्ग निर्माणको क्रममा रोल्पा राङ्कोटका गोपाल परियार र सल्यान पीपलका रुपिसंह बुढाथोकीको मृत्यु भयो । उनीहरुलाई सहिद घोषित गरिएको छ ।

जननमूना अस्पताल:
जनयुद्धमा तात्कालीन जनसरकारले रोल्पामा केन्द्रीय स्तरको जननमुना अस्पताल निर्माण गरेको छ । ओतको घोरनेटीमा स्थापना भएको जननमुना अस्पताल अहिले पनि चलिरहेको छ । २०६२ असोज १३ गते असारे काकाबाट सिलान्यास भएको जननमूना अस्पताल २०६३ साउन ३० गते उद्घाटन भएको थियो । १ करोड रुपियाँको लगानीमा निर्माण भएको अस्पताल ४५ लाख नगदबाहेक अन्य सबै निर्माण कार्य जनश्रमबाट भएको थियो । सेवा प्रदान गरिररहेको छ । जनश्रमबाट क्रान्तिकै बीचमा निर्मित यो अस्पताल अहिले यसक्षेत्रसँग सम्बन्धित विश्वभरका नागरिकका लागि अध्ययन अनुसन्धानको विषय बनेको छ ।

जननमूना विद्यालय:
थबाङमा जनयुद्धको क्रममा तात्कालीन जनसरकारले स्थापनामा ल्याएको सहिद स्मृति नमूना विद्यालय चलिरहेको छ । २०६० फागनु १ गते कक्षा ३ सम्मका लागि सुरु भएको यो विद्यालय अहिले कक्षा ५ सम्म साचालन भएको छ । यहाँ सहिद परिवार गरिब किसानका बालबच्चा आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । हाल ८१ बालबालिका आवासीय सुविधासहित अध्ययनरत छन् ।
 स्रोत : राप्तीखवर डटकम (www.raptikhabar.com)

रोल्पा नेपालको एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ ।
जिल्लाको नामाकरण
"रोल्पा" भनेर चिनिने यो जिल्ला स्थान विशेष "रोल्पाथुम"को कारणले रोल्पा बनेको हो। तर अनौठो कुरा के छ भने अहिले "रोल्पा" भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ। सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो । त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा "रोल्पा" पनि सल्यान मै छुट्न गएको हो ।
भौगोलिक अवस्थिती
  • देशान्तर: ८३.१० देखि ८३.९० पूर्व
  • अक्षांस: २८.८० देखि २८.३८० उत्तर
  • उचाई: समुद्र सतहदेखि ७०१ देखि ३६३९ मीटरसम्म
  • सदरमुकामको उचाई: समुद्र सतहबाट १३७५ मीटर
  • क्षेत्रफल: १८७९ वर्ग किलोमीटर
  • सिमाना: पूर्व बागलुङ्ग र प्यूठानपश्चिम सल्यानउत्तर रुकुमदक्षिण दाङ
जिल्लाको इतिहास
एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३ को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ । सेन राजा गजुलमा सुरुदेखि नै बसेको भने पाइदैन । गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ । उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए । यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो।
तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाइन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए । उनी निकै धार्मिकप्रकृतिका व्यक्ति थिए । उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाइ बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरूलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन्। उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह रुकुम दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो । त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए। तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए । उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो। त्यसरी भत्ता प्राप्त गर्ने अन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन् । उनको वि.सं. २०४९ सालमा मृत्यु भयो।
वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरूलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान  सल्यान जिल्लामा पर्दथ्यो। पछि सात सय सखीआठ हजार बुढागाउँनौसय माडिखोलारोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान  प्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो। पछिवि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो। हाल रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेको छ।
यातायात
माडी नदीको पुल २०५२ सालमा नै निर्माण भएकोले सोही वर्षदेखि जिल्लामा लिवाङ-काठमाडौं रात्री बस सेवा तथा छिमेकी जिल्ला दाङको घोराही र भालुवाङवाट दैनिक दिवा वस सेवा नियमित र वर्षामा मौसम अनुकुल साचालन भईरहेका कारण लिवाङसम्म कच्ची बाटो भएतापनि सहजै पुग्न सकिन्छ। यसरी नियमित यातायात (वस/ट्रक) सेवाबाट जिल्लाका व्यापारीहरूलाई आफ्नो सामान ढुवानी र आवत-जावत गर्न सुविधा पुग्नुको साथै सर्वसाधारणहरूलाई पनि जिल्ला बाहिर आवत-जावत गर्न सुविधा पुगेको छ।
नदीनाला
माडीखोलालुग्रींखोलाफगामखोलात्रिवेणीखोलाबोज्याङखोलाशिवाङखोलाधासीखोलामिरुलखोलाफिवैखोलापाखापानीखोलाबाँफुखोला,ग्वारखोलागोठीखोलाहलहलेखोलाजिनावाङखोलाअरहङखोलापारीवाङखोलागजुलखोलाजुगाँरखोलाघोडाखोलाकलमखोलाराँक चुरागाढखोला,चक्रीखोलास्यानीगाढखोलाडाढाखोलाकुटेखोला।
झरना
सुनछहरी झरना- स्युरीलहरीखोला झरना- तालावाङजायछहरा झरना- राँक,
जात्रा तथा मेलापर्व
सि.नं.
जात्रा तथा मेला
जात्रा मेला लाग्ने स्थान
जात्रा मेला लाग्ने समय
बाराह जात्रा
बडाचौर गा.वि.स.बडाचौर
मङ्सिर पूर्णिमा
श्री पाचमी मेला
खुंग्री गा.वि.स.चतुर्भुज
श्री पाचमी
शिद्वमेला
दुबीडाँडा गा.वि.स.चिन्नेथान
कोजाग्रत पूर्णिमा
दशैको मेला
गजुल गा.वि.स.गजुलकोट
बिजयादशमी
बराह मेला
थवाङ गा.वि.स.जलजला
जेष्ठ पूर्णिमा
बाह्र भदौ मेला
जुगाँर गा.वि.स.चबिघाट
जेष्ठ पूर्णिमा
      

एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३ को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ । सेन राजा गजुलमा सुरुदेखि नै बसेको भने पाइदैन । गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ । उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए । यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो। तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाइन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए । उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए । उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाइ बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरूलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन्। उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह रुकुम दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो । त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए। तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए । उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो। त्यसरी भत्ता प्राप्त गर्ने अन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन् । उनको वि.सं. २०४९ सालमा मृत्यु भयो। वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरूलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान र सल्यान जिल्लामा पर्दथ्यो। पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान र प्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो। पछि वि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो। हाल रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेको छ। 
Source : DDC Rolpa
www.ddcrolpa.gov.np