रोल्पाको साहित्यिक उत्थान र पत्रकारको दायित्व

साहित्यिक लेखनमा रोल्पाका र्सजनहरुमध्ये अधिकांशले अझै आफ्नो धार (मोड) नपकडिसकेकाले अहिल्यै नै साहित्यिक लेखनीको मूल्याङ्कन गरिहाल्ने समय आइसकेको छैन । तर पनि संख्यात्मक हिसाबले र्सजकहरुले अब चाहि धार समात्नु पर्छ भन्ने मेरो सुझाव छ ।



झ्वाट्ट हेर्दा साहित्य र पत्रकारिता उस्तै उस्तै लाग्न सक्छ । साहित्यिक र्सजक र मैदानका पत्रकारलाई कतिपयले नछुट्याउन पनि सक्छन् । तर विधागत र सक्रियताका हिसाबले पत्रकार र साहित्यकार/साहित्यकर्मी भिन्ना भिन्नै क्षेत्रका पात्र हुन् ।

पछिल्लो पटक रोल्पा जिल्लामा साहित्यिक गतिविधि फस्टाउदै गएको छ जुन सन्तोषजनक रुपमा बुझ्न सकिन्छ । जिल्लाको साहित्यिक लेखनीमा निकै लामो इतिहास नभएको सर्न्दर्भमा करिब दशक यताका आशालाग्दा र्सजकहरुको गतिविधिले जिल्लाको साहित्यिक भविष्य सुन्दर बन्न सक्छ भन्ने विश्वास लिन सकिन्छ ।
तथापि कसका लागि साहित्य लेख्ने, कुन विषय वा प्रसंगमा लेख्ने र कुन प्रयोजनका लागि साहित्य सिर्जना गर्ने भन्ने सवालबारे चनाखो बनेमा साहित्यिक लेखन झनै अर्थपूर्ण  हुनेछ भन्ने मलाई लाग्छ ।

साहित्यिक लेखनमा रोल्पाका र्सजनहरुमध्ये अधिकांशले अझै आफ्नो धार (मोड) नपकडिसकेकाले अहिल्यै नै साहित्यिक लेखनीको मूल्याङ्कन गरिहाल्ने समय आइसकेको छैन । तर पनि संख्यात्मक हिसाबले र्सजकहरुले अब चाहि धार समात्नु पर्छ भन्ने मेरो सुझाव छ । यस अर्थमा करिब १० वर्षो लामो सशस्त्र द्वन्द्वको उद्गम स्थल रहेको रोल्पामा बसेर साहित्यिक सिर्जना गर्दा र्सजकले अवश्य पनि त्यसको प्रभाव र सिर्जनाको उत्प्रेरणा महसुस गर्न सक्छ । यदि यसो भयो भने कुनै खास र्सजकले सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक प्रभावभित्र पसेर साहित्यको सिर्जना गर्न सक्छ ।

जहाँसम्म जिल्लाको साहित्यिक गतिविधि र उत्थानबारे पत्रकारको दायित्वको सवाल छ, सिर्जनाहरुलाई प्रचार प्रसार गर्ने, सबै सञ्चार माध्यमहरुमा साहित्यिक खुराकलाई स्थान उपलब्ध गराउने बारेमा सोच्नु पर्छ । सुन्दर तथा सामाजिक अर्थ बोकेका कुनै पनि साहित्यिक सिर्जनाको प्रचार, समीक्षा, विकास र पर््रवर्द्धनमा टेवा पुर्‍याउनु पनि स्थानीय देखि राष्ट्रिय सञ्चार माध्यमहरुको दायित्व हुन आउछ । यस अर्थमा रोल्पाका पत्रकारले यहाँको साहित्यिक गतिविधिलाई सघाउन सक्छन् भन्ने मलाई लाग्छ ।
("रोल्पा जिल्लाको साहित्यिक गतिविधि र पत्रकारसँगको सम्बन्ध"का बारेमा साहित्यमा चाङ चिरागका नामले रचना गर्दै आएका नेपाल पत्रकार महासंघ  रोल्पाका संस्थापक अध्यक्ष काशीराम डा“गीसँग जुनकिरी साप्ताहिककी सम्पादक कविता उपाध्यायले गरेको कुराकानी । )

No comments:

Post a Comment