ग्रामिण पत्रकारिता पुरस्कार डाँगीलाई

ग्रामिण पत्रकारिता पुरस्कार डाँगीलाई

2070/11/28 मा प्रकाशित

रोल्पा /फागुन २८
रोल्पा जिल्लाका ग्रामीण भेग र दुर दराजका समस्या लाई जोडतोडका साथ सन्चार माध्यमबाट उठाएको भन्दै कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक काशीराम डाँगी सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ रोल्पाको चौथो जिल्ला अधिवेशन तथा पाँचौ साधारण सभाको उदघाटनका अवसरमा उहाँ सम्मानित हुनुभएको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रिय संगठन सचिव मनोज घर्तीका स्वर्गीय बुवा मनप्रसाद घर्तीको स्मृतिमा स्थापना गरिएको ग्रामीण पत्रकारिता पुरस्कार यस बर्ष डाँगीलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दिलिप थापा मगरले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो । भने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले अबीर ल्यापन गर्नुभयो । डाँगीले रु ३ हजार रकम नगद सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
यस्तै २०६१ सालमा स्थापना भएको यस नेपाल पत्रकार महासंघ रोल्पाका तर्दथ समितिका नौ जना कार्यसमिति सदस्यहरुलाई सम्मान पत्रले सम्मानीत गरिएको छ । सम्मानीत हुनेहरुमा संस्थापक सभापति काशीराम डाँगी, उप सभापति दिपेन्द्र डाँगी, सचिव खेमबहादुर बुढा, कोषाध्यक्ष प्रवेश आचार्य, सदस्यहरु राजेश बुढाथोकी, कर्ण बाँठामगर, घनश्याम आचार्य, हिरा घर्ती, बिपिन कुँवर लगायतलाई सम्मानीत गरिएको छ ।

http://sajhasabal.com/bara/news/339599452989#.VYAVZfmqqko

Read more: http://sajhasabal.com/bara/news/339599452989#ixzz3dE9rV0sN

No comments:

Post a Comment