रेडियो कार्यक्रम-हाम्रो यात्रा शृंखला -१

सत्प्रयास मिडिया गु्रपद्वारा उत्पादित रेडियो कार्यक्रम हाम्रो यात्रा । प्रिन्ट मिडियाका लागि सम्पादित गरिएको सामग्री यहाँ राखिएको छ । 
रोल्पामा सुरु भयो अपरेशनबाट बच्चा जन्माउने सेवा
स्वास्थ्य मानिसका लागि गतिलो सम्पत्ति सरह हो । जब मानिसको स्व्ाास्थ्य अवस्था सही हुन सक्छ, तब मात्र अरु काम गर्न सकिन्छ । सरकारले यस क्षेत्रमा वर्षोनी लगानी बढाइरहेता पनि यस क्षेत्रको र्सवाङ्गीण विकासका लागि अझै लगानी थप्नु पर्ने र यसका लागि बृहत् योजना बनाउनु पर्ने खाँचो देखिएको छ ।

सामाजिक, सांस्कृतिक, लैङ्गकि, आर्थिक र शैक्षिक अवस्थाबाट अहिले पनि महिलाहरु पछि पारिएका छन् । समाजका आधा आकाश भनिने महिला वर्गको स्वास्थ्यमा गम्भीर हेलचेक्र्याई भएको अवस्थामा नीति निर्माता र सरकारले यसमा चासो देखाउनु आवश्यक छ । महिला स्वास्थ्यसँग जोडिएको सुरक्षित मातृत्व सेवा सम्बन्धी कार्यक्रम गरी सचेतना गर्ने उद्देश्यले रोल्पामा यससँग सम्बन्धित कार्यक्रम पनि लागू भइरहेका छन् ।
यसैक्रममा सत्प्रयास मिडिया गु्रपको उत्पादनमा संचालित रेडियो कार्यक्रम 'हाम्रो यात्रा' को पहिलो इपिसोड -अङ्क) मा सुरक्षित मातृत्व सेवा सम्बन्धी कार्यक्रम प्रसारण गरियो । यो कार्यक्रम हरेक बुधबार बेलुकी ७ बजे रेेडियो जलजला र रेडियो रोल्पा लिबाङबाट तथा ८ बजे रेडियो सुनछहरी होलेरीबाट सुन्न सकिन्छ ।

रोल्पामा सुरक्षित मातृत्व सेवा
सहस्राव्दी विकास लक्ष्य २०१५ लाई लक्षित गरेर लक्ष्य प्राप्तिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । निःशुल्क प्रसुति सेवाको लागि आमा सुरक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको छ । रोल्पाका करिब ६ हजार गर्भवतीमध्ये अघिल्लो आर्थिक वर्षा करिव २ हजार १ सय महिलाहरु सुरक्षित प्रसुति सेवा लिन स्वास्थ्य संस्थामै आएका थिए । गर्भवतीमध्ये जटिल अवस्थामा रहेका सयौं गर्भवतीलाइ प्रसुतिका लागि जिल्ला बाहिरका अस्पतालहरुमा पठाउनु परेको थियो । जटिल अवस्थामा रहेका गर्भवतीको सुरक्षित प्रसुति गराउन यस अघि रोल्पामा यस्तो व्यवस्था नभएकाले उनीहरुलाई अन्यत्रै लैजानु परेको थियो । यसैगरी बाषिर्क रुपमा करिव १ सय जना भन्दा बढी महिलाहरु आङ खस्ने समस्या लिएर अस्पताल आउने गरेका छन् भने उनीहरुको उपचार समेत हुदै आएको छ ।
केही समय यता रोल्पाका गाउँ गाउँमा बर्थिङ सेन्टरहरु स्थापना गरिदै आएको छ । ती सेन्टरहरुमा आवश्यकता अनुसारका जनशक्ति परिपर्ूर्ति गर्ने प्रयास पनि भइरहेको छ । हालै मात्र, जिल्ला स्वास्थ्य कार्यालयले ५० जनाभन्दा बढी अनमी र स्टाफ नर्सहरुलाई करारमा नियुक्त गरी गाउ गाउमा पठाएको छ । गाउका बर्थिङ सेन्टरहरुमा सुरक्षित प्रसूति सेवा संचालन गर्न निकै सहज भएको छ ।
रोल्पा जिल्लाका कतिपय गाविसमा रहेका गाउँघर क्लिनिकको स्तर उन्नति गरी समुदाय र गाविसको सहयोगमा पर्ूवाधार तयार गरी सुरक्षित प्रसुती केन्द्र सञ्चालनमा ल्याइएका हुन् । जिल्ला स्व्ाास्थ्य कार्यालयको अघिल्लो आर्थिक वर्षो तथ्याङ्क अनुसार २६ जना अनमीहरुको नियुक्ति गाउ विकास समितिहरु आफैले गर्दै आएका छन् । यसले समुदायबाट हुदै आएको सहयोग झन बलियो बनेको छ ।
महिला गर्भवती भएपछि कम्तीमा ४ महिनामा, ६ महिनामा, ८ महिनामा र ९ महिनामा गरी चार पटक गर्भ जाँच गराउनर्ुपर्छ । महिला गर्भवती भएपछि कुनैपनि औषधि सेवन गर्नुहुदैन । गर्भवती भएको ३ महिनासम्म पाँच मिलीग्रामको फोलिक एसिड भिटामिनको एक चक्की दैनिक सेवन गर्नुपर्छ । टिटानसबाट बच्चा र आमा जोगिनका लागि आमाले टिटी र्सर्ुइ पनि लगाउनु पर्छ । गर्भ रहेको ४ महिना पुगेपछि जुकाको औषधी अलबेन्डाजोल तथा आईरन चक्की र क्यालसियम चक्की खान सुरु गर्नुपर्छ । रगत-पिसाब जाँच गराउने र सुविधा भएमा भिडियो एक्सरे पनि गराउदा अझ राम्रो हुन्छ ।
आमा तथा बच्चाको स्वास्थ्य रक्षा गर्ने उद्देश्यले आमा सुरक्षा कार्यक्रम अर्न्तर्गत सरकारले यस्तो नीति बनाएको हो । यस नीति अनुसार स्वास्थ्य संस्थामा गएर प्रसुति गराएमा यातायात प्रोत्साहन खर्च वापत १ हजार रुपैया र नियमित रुपमा ४ पटक गर्भवती जाँच गराएमा थप  प्रोत्साहन वापत ४ सय रुपैया सरकारले उपलब्ध गराउछ ।
आमा र नव शिशुको स्वास्थ्य रक्षाका लागि बच्चा जन्मेको २४ घण्टाभित्र, ३ दिनमा र ७ दिनमा सुत्केरी जाँच गराउनर्ुपर्छ, साथै समय समयमा खोप लगाउनर्ुपर्छ । बाल विकासका सुनौला हजार दिन लाई ख्याल गर्दै आमा र नव शिशुमा हुन सक्ने जटिलताबाट जोगाउन सकिन्छ ।
बच्चा जन्मेको १० मिनेटभित्र परिवार नियोजनको साधन आयुसीडी महिलाको पाठेघरमा राख्न सकिन्छ । अथवा बच्चा जन्मेको ४२ दिनपछि परिवार नियोजनको कुनै पनि भरपर्दो साधन प्रयोग गरी बच्चाको जन्मान्तर गर्न सकिन्छ । यसो गर्दा आमा र बच्चाको स्वास्थ्य राम्रो हुनुका साथै व्यवस्थित परिवारको योजना गर्न मद्दत मिल्छ । सुत्केरी अवस्थाको परिवार नियोजन सेवा अर्न्तर्गत सरकारले अस्पताल र अन्य स्वास्थ्य संस्थाहरु मार्फ यस्तो सेवा उपलब्ध गराउदै आएको छ ।
यसैगरी रोल्पामा सुरक्षित मातृत्व कार्यक्रम अर्न्तर्गत न्यानो झोला कार्यक्रम पनि संचालन गरिदै आएको छ । यस कार्यक्रमबाट गाउ गाउमा रहेका बर्थिङ सेन्टरमा पुगेर गर्भ जाँच तथा प्रसुती गराउने क्रम पनि बृद्धि भएको छ । न्यानो झोलाभित्र बच्चा र आमाको लागि न्यानो तथा सफा कपडाहरु राखिएको हुन्छ । न्यानो झोलाको सहयोगबाट बच्चालाई चिसोबाट बचाउन सकिने र आमा तथा नवशिशुलाई संक्रमण हुनबाट जोगाउन सहयोग मिलेको छ । यी कार्यक्रमले रोल्पामा विगत ५ बर्षयता स्वास्थ्य संस्थामा गएर प्रसुति हुने क्रम बढेको छ ।
आमा सुरक्षा कार्यक्रमलाई सरकारले पहिलो प्राथमिकतामा पारेको छ । जसअर्न्तर्गत प्रसुति गराउन जटिल अवस्था आएको खण्डमा सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिसमा निःशुल्क एयर लिफ्टीङ सेवा अर्थात हेलिकप्टर चार्टर गरी गर्भवती महिलालाई सुविधा सम्पन्न अस्पतालमा पुर्‍याई आमा र बच्चाको जीवन बचाउने महत्वाकांक्षी योजना समेत सरकारले लिएको छ । जिल्लाका दर्ुगम स्थानमा रहेका बर्थिङ सेन्टरमा जटिल प्रसुति समस्या भएका अति गरिब र असहाय गर्भवती महिलाहरुलाई सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याउन प्रसुति यातायात खर्चको लागि सरकारले बजेटको व्यवस्था  जिल्ला स्वास्थ्य कार्यालय मार्फ मिलाएको छ ।
सरकारको सहस्राब्दी लक्ष्य अनुसार सन २०१५ को अन्त्यसम्म स्वास्थ्य संस्थामा हुने प्रसुति दर ६० प्रतिशत पुर्‍याउनु रहेको छ । तर रोल्पा जिल्लामा स्वास्थ्य संस्थामा हुने प्रसुति दर अघिल्लो वर्षो तथ्याङ्कमा ३६ प्रतिशत भएको देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको बाषिर्क प्रतिवेदन आर्थिक वर्ष२०७०/०७१ का अनुसार करिब १ सय जनामा ६४ जना बच्चाको जन्म घरमै हुने गरेको छ । उक्त आर्थिक वर्षा प्रसुतिजन्य समस्याका कारण बच्चा जन्माएको ४२ दिनभित्रै ८ जना आमाहरुको घरमै अकाल मृत्यु हुने गरेको छ । बच्चा जन्मेको २८  दिनभित्र २० जना नवशिशुको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।
रोल्पामा सुरु भयो अपरेशन गरेर बच्चा जन्माउने सेवा
२०७१ फागुण ७ गतेबाट रोल्पामा सिजेरियन अप्रेशन अर्थात सल्यक्रिया गरेर बच्चा जन्माउने सेवा सुरु भएको छ । यस क्रममा सिजेरियन शल्यक्रियाबाट २०७२ बैशाख मसान्त सम्म ९ जनाले यो सेवा प्राप्त गरिसक्नु भएको छ । यस सेवाको विधिवत रुपमा उद्घाटन भने २०७१ चैत ११ गते प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीबाट भयो ।
विगतका दिनमा शल्यक्रिया गर्नका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो । जिल्लामै पहिलो पटक धबाङ २ कि वर्ष१९ की श्यामकली सुनारले यो सेवा प्राप्त गर्नुभयो । अप्रेशन गरेर उहाँबाट जुम्ल्याहा बच्चाको जन्माइएको थियो । यो सेवा निरन्तर जारी छ ।
'जटिल अवस्थामा रहेका सुत्केरी महिलाको तल्लो पेटमा अपरेशन गरेर बच्चा जन्माउन सकिने प्रक्रिया नै सिजरियन सेक्सन हो । गर्भवती महिलाहरुमा गर्भको अवधि ४२ हप्ताभन्दा बढी भएमा, बच्चा उल्टो भएमा, महिलाको पुट्ठा बच्चाको टाउको भन्दा सानो भएमा, बच्चाले दिसा खाएको खण्डमा, अघिल्लो बच्चा जन्माउदा अपरेशन गरेको भएमा, ५ वर्षवा त्यो भन्दा बढी अवधि दर्ुइ बच्चाको अन्तर भएमा र पाठेघरमा समस्या देखिएमा बच्चा जन्माउन अपरेशन गर्नु पर्ने अवस्था हुन्छ । '-सल्यचिकित्सक डा. प्रणय राना, रोल्पा जिल्ला अस्पताल । 
'रोल्पामा जिल्लामा पहिलो पटक सुरु भएको अपरेशन गरेर बच्चा जन्माउने सेवाबाट कैयौं महिलाहरु लाभान्वित हुन सक्छन् । यो सेवा नेपाल सरकारले प्राथमिकतासाथ लागू गरेको हो । यसको निरन्तरताका लागि जिल्ला स्वास्थ्य कार्यालयले पहल गर्ने र नेपाल सरकारले पनि यो सेवा संचालनका लागि सहयोग गर्नेछ भन्ने विश्वास गर्दछु ।'-डा उमाशंकरप्रसाद चौधरी, प्रमुख जिल्ला स्वास्थ्य कार्यालय रोल्पा । 
'जिल्ला अस्पताल रोल्पामा अपरेशन गर्दा आवश्यक पर्ने रगतको व्यवस्थापन गर्न हामीलाई मुस्किल भइरहेको छ । यसका लागि आकस्मिक विधिद्वारा काम चलाइरहेका छौं । ब्लक बैंक स्थापना र संचालनका लागि पहल भइरहेको छ ।' -नौलसिंह पुन, सभापति नेपाल रेडक्रस सोसाइटी रोल्पा । 
रोल्पाको संस्कार र संस्कृति अनुसार ठाउँ अनुसार घरैमा सुत्केरी गराउने भिन्न-भिन्न चलन भएको पाइन्छ । यसो गर्दा असुरक्षित र जोखिम रहेको अवस्था छ । अझ परम्परागत तरिकाले सुत्केरी गराउने, पुरानै तरिकाले सालनाल काट्ने र हेरचाह पनि उस्तै तरिकाले गर्ने गरिएकाले नव शिशु तथा आमाको स्वास्थ्यमा गम्भीर समस्या आउने गरेको पाइन्छ । यसलाई कम गर्न सरोकारवाला व्यक्ति, संस्था, राजनीतिक दल र सरकारले समेत पहल कदमी दिन आवश्यक देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालय तथा संस्थामा कार्यरत अनमि तथा स्वास्थ्यकर्मीहरुले सक्रियता बढाउनुका साथै गर्भवती महिलाहरुलाई सेवा लिन उत्प्रेरित गर्न सकिने कार्यक्रमहरुको योजना बनाई गाउँ गाउँसम्म लैजानु आवश्यक छ । -खेम बुढामगर, पत्रकार 
के हो सत्प्रयास मिडिया ग्रुप ?
 लामो समय सञ्चार क्षेत्रलाई कर्मक्षेत्र बनाएका तथा यस क्षेत्रसँग आवद्ध रहेका जिल्लास्थित ऊर्जाशील युवाहरुको एकीकृत समूह नै सत्प्रयास मिडिया ग्रुप हो । यस समूह एउटा लुज फोरम सरह कार्यरत रहनेछ । राष्ट्रिय तथा जिल्लास्तरका कुनै पनि समसामयिक सवालहरुमा बहस, छलफल, अन्तरक्रिया गर्न यस गु्रपको मुख्य माध्यम रेडियो कार्यक्रम हुनेछ । त्यसैले यसै माध्यमबाट सचेतना अभिवृद्धि गर्ने र सरोकारवाला सबैलाई जवाफदेही बनाउन सशक्त दबाब दिनु यस ग्रुप स्थापना गर्नुको औचित्य हुनेछ । परिवर्तन, विकास र सामाजिक न्याय स्थापनाका खातिर सञ्चार माध्यममार्फ् पहलकदमी गर्न यस ग्रुपको परिकल्पना गरिएको हो । 
टिम तथा कार्यक्रम उत्पादनका स्रोतव्यक्तिहरु
 केबी डाँगी,
 मौसम रोकामगर,
 घनश्याम आचार्य, 
खेम बुढा, 
सन्तोष शर्मा, 
खेमराज गाउँले 
र 
चाङ चिराग । 

  सुझावका लागि
कार्यक्रम 'हाम्रो यात्रा' 
सत्प्रयास मिडिया गु्रप
hamroyatrasmg@gmail.com
facebook.com/hamroyatrasmg 
सुन्नका लागि तलकोमा क्लिक गरौं ।  http://kiwi6.com/file/2nhsasp0qg 

No comments:

Post a Comment