रेडियो कार्यक्रम-हाम्रो यात्रा शृंखला -२

सत्प्रयास मिडिया गु्रपद्वारा उत्पादित रेडियो कार्यक्रम हाम्रो यात्रा । प्रिन्ट मिडियाका लागि सम्पादित गरिएको सामग्री यहाँ राखिएको छ । 
रेडियो कार्यक्रम-हाम्रो यात्रा शृंखला -२

भूकम्प के हो ? कसरी आउँछ ? 
आज हामी गत बैशाख १२ गते नेपालमा गएको विनाशकारी महाभूकम्पका बारेमा चर्चा गर्नेछौं । किन आउछ भूकम्प - यसबाट जोगिन वा र्सतर्क हुन के उपाय खोज्नर्ुपर्छ - भन्ने लगायतका विषयमा पनि बहस र छलफल गर्नेछौं ।
भूकम्पले नेपालमा ठूलो नोक्सान पुर्‍यायो । ठूलो मानवीय क्षति भयो । ठूलो परिमाणमा सम्पत्तिको नोक्सान भयो । करिब ८१ वर्षछि फेरि आएको यो ठूलो भूकम्प निकै विनाशकारी र डरलाग्दो बन्यो । १२ बैशाखमा आएको मुख्य भूकम्प र यसपछि अझैसम्म पनि आइरहेको पराकम्पनले मानिसहरुलाई त्राही बनाएको छ । भूकम्पले घर भत्कदा च्यापिएर, पहिरोमा पुरिएर र अन्य सम्पदाहरु भत्कदा हजारौं मानिसहरुको ज्यान गएको छ । भूकम्पकै कारणले अहिलेसम्म ८ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । हजारौं संख्यामा घाइते छन् । केही मानिसहरु अझैसम्म पनि हराइरहेका छन् ।

नेपालको भौगोलिक तथा भौगर्भिक बनोटमा रहेको विविधताका कारण यहाँ विभिन्न किसिमका प्राकृतिक जोखिमहरु आर्इपर्छन् । त्यसैले नेपालमा विपत्तिहरुको सम्भावना बढी नै छ । तर्राई, पहाड र हिमालसहित बनेको हाम्रो नेपाल सुन्दर भौगोलिक गन्तव्य हो । तरपनि बषर्ाको समयमा बाढी-पहिरो, भूकम्पपछि सुख्खा पहिरो, हिउदमा सुक्खा-खडेरी र आगलागी तथा लु, शीतलहर जस्ता विभिन्न प्रकोप तथा तिनबाट उत्पन्न विपत्तिको सामना गर्नु परिरहेको छ । तीमध्ये भूकम्प भिन्न प्रकारको र अप्रयासित आइपर्ने विपत्ति हो ।
के हुन् भूकम्प जाने कारण ?
हाम्रो पृथ्वी करीब साढे चार अरब वर्षपुरानो भएको विश्वास छ । करिब एक करोड बर्षघि भारतीय र तिब्वतीयन प्लेटको बीचमा टेथिस सागर थियो । धर्तीको विकासक्रममा टेथिस सागरको दक्षिणमा रहेको भारतीय भू-खण्ड र उत्तरतर्फो तिब्वतीयन भू-खण्ड आपसमा टोकिँदा टेथिस सागर विलय भयो । त्यो सागर पुरियो । यस क्रममा नेपाल लगायत विश्वको अग्लो शिखर सगरमाथा, हिमालय शृङ्खलाहरु, महाभारत खृङ्खला, चुरे-भावर खण्ड र तर्राई बन्न पुग्यो ।
पर्ूवमा बर्मादेखि पश्चिममा अफगानिस्तानसम्म करीब २ हजार ५ सय किलोमिटर लामो हिमालय पर्वत शृंखला बन्न पुग्यो । यसको मध्यभागको करीब ८ सय किलोमिटर खण्ड अर्न्तर्गतमा नेपाल पर्दछ । भर्ूगर्भशास्त्रीहरुका विभिन्न अध्ययन अनुसन्धान अनुसार नेपालको भूखण्डमुनि दक्षिणतर्फो इण्डियन प्लेट निरन्तर रुपमा उत्तरतर्फरहेको तिब्बतीयन प्लेट -यसलाई युरेशियन प्लेट पनि भनिन्छ) को दक्षिणीभागमा प्रतिवर्ष२ सेन्टीमीटरको दरले घुसिरहेको पाइएको छ । भारतीय प्लेट निकै चलायमान देखिन्छ । यसको तुलनामा तिब्बतीयन प्लेट भने अचल र स्थिर अवस्थामा बसेको छ । यी दर्ुइ प्लेट बीचमा 'लक' भएकाले कुनै ठूलो चलायमान हुन सक्ने अवस्था भने देखिएको छैन ।
भारतीय प्लेट दक्षिणबाट उत्तरतर्फघुस्ने क्रममा दबाब बढिरहेको छ । यही दबाब र आपसी संर्घष्ाणले गर्दा प्लेटहरु बीच घुस्ने वा जुध्ने क्रममा केही अबरुद्ध हुँदा सञ्चित भएको शक्ति थेग्न नसकेपछि चट्टानहरु अचानक दोब्रिन्छन् वा भाँचिन्छन् । ती चट्टान भाँचिदा उत्पन्न हुने तरंगहरु चारैतिर फैलिन्छन् र जमीन हल्लिन पुग्छ जसलाई हामी भूकम्प वा भुइँचालो भदन्छौ ।
यसरी दर्ुइ सक्रिय प्लेटको टकराव क्षेत्र नेपालको ठीक मुनि रहेकाले नेपालमा दैनिकजसो स-साना भूकम्पहरु गइरहेका हुन्छन् । तर ठूलो शक्तिको भूकम्प गएमा मात्र हामीले थाहा पाउँदछौं । भर्ूगर्भशास्त्रीहरुले पनि ठूलो भूकम्प कहिले र कहाँ जान्छ भन्ने जानकारी पाउन नसकिने धारणा राख्छन् । त्यसैले नेपाल अति नै भूकम्पीय संवेदनशील वा भूकम्पीय जोखिम क्षेत्र भएपनि भूकम्प कहिले जान्छ भन्नेबारे निश्चित समय र मितिबारे जानकारी पाउन सकिदैन ।
नेपालभित्र भूकम्पका ९२ वटा सम्भावित स्रोत मापन र नक्साङ्कन गरिएका छन् । खासगरी गोरखा देखि पश्चिममा भारतको देहरादुनसम्मको क्षेत्रमा ठूला शक्तिका भूकम्प झण्डै पाँच सय वर्षेखि आएका छैनन् । यसपटक पनि गोरखा जिल्लाको बारपाक गाउँलाई केन्द्रविन्दु बनाएर आएको भूकम्प पर्ूवतर्फक्षति पुर्‍यायो । त्यसैले गोरखादेखि देहरादुनसम्मको कुनै पनि भागमा कुनै पनि बेलामा अर्को ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको विज्ञहरु बताउँछन् । त्यसैले हामी सबै सचेत हुनु पर्ने बेला आएको छ ।
विगतको एक सय वर्षा बीचमा मात्र हिमालय क्षेत्रमा चारवटा ठूला भूकम्प गएका छन् । सन् १९९७ मा भारतको सिलोङमा ८.७ म्याग्निच्युड, सन् १९०५ मा भारतकै काँगडामा ८ म्याग्निच्युड, सन् १९३४ मा नेपालमा ८.२ म्याग्निच्युड र भारतको आसाममा सन् १९५० मा ८.६ म्याग्निच्युडको भूकम्प गएको थियो । यी भूकम्पमा परेर २३ हजार भन्दा बढी मानिसले अकालमा ज्यान गुमाउनु परेको थियो । यसका अतिरिक्त सन २००५ मा पाकिस्तानमा गएको ७.४ म्याग्निच्युडको भूकम्पले पाकिस्तान र भारतमा गरी करिब ७४ हजार मानिसको ज्यान लिएको थियो ।
नेपालमा कहिले कहिले गयो भूकम्प ?
नेपालमा सन १२५५ मा ठूलो भूकम्प गई काठमाडौंमा एकतिहाई मानिसको मृत्यु भएको थियो । उक्त भूकम्पमा परी तत्कालीन राजा अभय मल्लको घर भत्कदा पुरिएर निधन भएको थियो । उक्त भूकम्पपछि नेपालमा सन् १२६०, १४०८, १६८१, १७६७, १८१०, १८२३, १८३३, १८३४, १८३७, १८६९, १८९७ र १९१७ मा ठूला भूकम्पले काठमाडौ लगायत मुलुकका विभिन्न भागमा क्षति पुर्‍याएको पाइन्छ । भूकम्पको इतिहासमा सन् १९३४ अथवा वि.सं. १९९० मा गएको भूकम्प हालसम्मकै विनाशकारी महाभूकम्पमध्ये एक हो । यसमा परी ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पबाट मुलुकभरिमा १२ हजार ३ सय ९७ घर पर्ूण्ारुपमा ध्वस्त भएका थिए ।
२०७२ बैशाख १२ गते दिउसो ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको वारपाक आसपास केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट मृत्युहुनेको संख्या ८ हजारभन्दा बढी पुगेको छ भने हजारौको संख्यामा घाइते तथा विस्थापित भएका छन् । ५ लाखभन्दा बढी घर पर्ूण्ा क्षत्रि्रस्त भएका छन् । भूकम्प जहिले पनि जुन स्थानमा पनि आउन सक्ने कुरा माथिको तथ्याङ्कले देखाउछ । त्यसैले सय वर्षा मात्रै महाभूकम्प आउछ भन्ने कुरा सत्य होइन । भूकम्प प्रतिरोधी संरचना निर्माण गरी सजग रहनु बुद्धिमानी हुन सक्छ ।
नेपाल भूकम्प लगायत प्राकृतिक प्रकोप आइपर्ने देश मध्येमा पर्दछ । प्रकोपका कारण बर्षौपिच्छे प्राकृतिक विपत र ठूलो जनधनको क्षति नेपालले बेहोर्नु परिरहेको छ । हिमाली क्षेत्रमा ठूलो जलघनत्व भएका उच्च जोखिमयुक्त थुप्रै हिमशृङ्ला, हिमताल र ग्लेसियर छन् । नेपालमा सन् १९३५ देखि १९९१ सम्म कम्तीमा १४ वटा यस्ता ताल र ग्लेसियर विस्फोट भएर निकै ठूलो जनधनको क्षति समेत भएको तथ्याङ्कले देखाउँदछ । पहाडी क्षेत्र झनै जोखिमयुक्त छ । साना-ठूला गरी ६ हजारभन्दा बढी नदी खोला पहाडी क्षेत्र हुदै तर्राईतिर बग्छन् । मनसुनमा अत्यधिक पानी पर्ने र वर्षो बाढीले नदी तथा खोला किनारमा बसोबास गरेकालाई ठूलो क्षति पुर्‍याउदै आएको छ । २३ बैशाख २०६९ मा माछापुछ्र्रे हिमालको फेदीमा हिमनदी फुट्दा सेती नदीमा आएको कास्कीको र्सर्दीखोला र माछापुच्छ्र्रे गाविसमा धेरै क्षति पुर्‍याएको थियो ।
यस्तै २०६५ मा कोशीको पर्ूर्वी तटबन्ध भत्किदा नेपाल र भारतका हजारौं नागरिकको ज्यान गएको थियो । २०६९ मा महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगालाई तहसनहस पार्‍यो । २०५० मा मुलुकका विभिन्न भागमा आएको विनाशकारी बाढीले झण्डै १६ हजार ५ सय नेपालीको ज्यान लियो, पाँच लाख नेपाली त्यसबाट प्रभावित भए । केही वर्षअघि सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोले १ सय ५७ जनाको ज्यान लियो भने वस्ती नै पुरियो । विज्ञहरुले उक्त स्थानमा पहिरो जान सक्ने भनेर त्यसको १५/२० वर्षपहिले नै सजग बनाएका थिए ।

प्राकृतिक विपतमध्येमा पर्छ पोखराको अरमला घटना । त्यहा अहिले पनि जमिन भासिने क्रम रोकिएको छैन । यसले गर्दा कैयौं वस्तीहरु निकै जोखिममा परेका छन् । सन् १९८७ मै विदेशी संस्थाको अनुसन्धानले यो वस्ती खतरा भएको जानकारी दिइसकेको थियो ।
यस्तै अति नै भिरालो जमिन र पहिरोको मुखैमा वस्ती बसाल्ने कारणले पनि बस्तीमा जोखिम थपिएका छन् । भूकम्प पछि आएको हिम पहिरोले रसुवाको लाङटाङको सबै वस्ती सार्नु पर्ने अवस्था आइपरेको छ । हिमपहिरोले पूरै गाउ नै पुरिएको थियो । अझै पनि १ सय जना बढि हराइरहेका छन् । तर वैज्ञानिकहरुले दिएको सुझावलाई हामीले सहजगतापर्ूवक स्वीकार नगरेको अवस्था छ । साथै राज्यको तर्फाट पनि यस प्रकारका अध्ययनहरु वृहतरुपमा गरिनर्ुपर्छ । ती अध्ययन र सुझावहरुलाई गहनताका साथ लिएर कार्यान्वयन गरिनर्ुपर्छ ।
विपत बारम्बार आउँछ, बाढी बर्षौपिच्छे आउछ, पहिरो वर्षौपिच्छे आउँछ । बाढीले एक दर्ुइ सय मानिसलाई क्षति गर्छ तर लामो समयपछि आउने ठूला भूकम्पले धेरै क्षति पुर्‍याउँछ । सयौं मानिसको हताहती र वस्तीको उठीबास भई करोडौंको सम्पत्ति नष्ट हुन्छ । संसारका सबै देश र त्यहाँका जनताले आफूकहाँ पर्न सक्ने प्राकृतिक विपत्तिबाट जोगिने विधि र तयारी जानेका हुन्छन् र त्यसको परिपालना गर्छन् । हामी भने हरेक विपत्तिकै बेला तयारी गर्ने र व्यवस्थापनमा कमजोर सावित हुने अवस्थामा छौ ।

रोल्पा जिल्लाबाट भूकम्पले ठूलो क्षति पुर्‍याएको क्षेत्रमा उद्धारका लागि गएका राजनीतिक दलका अगुवा, भवन डिभिजन तथा शहरी विकास कार्यालयका इन्जिनीयर र प्रमुख जिल्ला अधिकारीसँग भूकम्प र यसले पुर्‍याउन सक्ने/पुर्‍याएको क्षतिबारेमा हामीले कुराकानी गरेका थियौं । उहाँहरुसँग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छ ः
"हाम्रो ४५ जनाको टिम गोर्खा जिल्लाको सुहारा गाविसमा गएको थियो । त्यहाँको स्थीति दर्गनाथ र क्षत विक्षत अबश्थामा थियो । त्यहाँ एउटा घर मात्र बचेको छ भने त्यहाँका जनताहरु अहिले अस्थायी टहराको बनाएर बसेका छन् । हाम्रो टोलि एउटा मावि सहित ६ ओाटो सामुदायिक विद्यालयहरु निर्माण गर्‍यौ । २० ओटा स्थानिय बासिकालागि अस्थायि टहरा निर्माण गरेऔ । समग्रमा त्यहाँको अबस्था दर्दनाकनै छ ।" -पुरण क्षेत्री एकिकृत नेकपा माओवादी सचिव रोल्पा
"म उद्धारका लागि काठमाण्डौ, धादिङ नुवाकोट रसुवा काभ्रेपलान्चोक र सिन्धुपाल्चोक मा हामि खोजविनका लागि पुगेको थिए । त्यहाँ विनाशकारी भुकम्पले ठुलो जनधनको क्षति पुर्‍याको छ । त्यहाँ अबस्था निकै कहाँलि लाग्दा छ । देश संकट अबश्थामा पुगेको अबश्थामा हामिले कम्तिमा रोल्पाली जनताको खोजी गरेपनि राज्यलाई धेरै राहत हुन्छ भनेर हाम्रो टोलि बैशाख १८ गते जिल्लाको र्सवदलिय र्सवपक्षिय टोलिले उद्धारका लागि पठाएको थियो ।"-केशबहादुर बाँठा (SUवास) नेकपा माओवादी रोल्पा सचिव
"दोलखा जिल्लाको क्षेत्र नं. २ मा छौ । यहाँ गाउ छैन बस्ती छैन शहर छैन मान्छेहरु के काम गर्ने के खाने के लगाउने भन्दा पनि हामि कति बेला मर्ने होला भन्ने पाइयो । यहाँका मान्छेहरु गाउ छोडेर खेतका पाटाहरुमा पाल राखेर बस्ने गरेका पाइएको छ । गाविस भवन विद्यालय स्थास्थ्य चौकिहरु निर्माण गर्ने र स्कुल सञ्चालन गर्ने बातावरण निर्माण गर्नका लागि हामि यसरी अगाडि बढेका छौ ।" -ओमराज र्घर्तीमगर नेकपा एमाले रोल्पा सचिव
"भवन संहिता अनुसारका निर्माण कार्य हुन नसक्दा राष्ट्रले अहिले ठुलो क्षति व्यहोर्नु परेको हो । अब बन्ने संरचनाहरु भवन संहितालाई पालन गरि निर्माण गर्नु पर्ने र निर्माण भएका कमजोर संरचनाहरुलाई प्राविधिकको अनुगमन पछि प्रवलिकरण गर्नुपर्ने अबस्था देखिन्छ ।"-इन्जिनीयर उद्धवप्रसाद गुरागाई , सहरी विकास तथा भवन डिभिजन कार्यालयका  
"२०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछि अहिले सम्म आइरहेका पराकम्पनहरुले रोल्पा जिल्लामा मानविय क्षति १ जना ५ जना व्यक्तिहरु घाइते हुनुभएको छ सरकारी कार्यालयहरु २५ वटा आशिंक र पर्ूण्ा क्षति भएको छ । व्यक्तिगत घरहरु १७६ आंशिक र ६५ ओटा पर्ूण्ा क्षति भएका छन भने शैक्षिक क्षेत्रतर्फ४६ ओटा आंशिक र ७ ओटा पर्ूण्ारुपले क्षति भएका कछन् । मठमन्दिर १ गोठ १ ओटा गरि जम्मा ३२१ ओटा संरचनाहरु क्षतिभएको छ । 
रोल्पामा एक जना वालकको मृत्यु भएको थियो हामिले तत्कालै ४० हजार रुपैया क्रिया खर्च बापत दियौ र १ लाख रुपैया दिने भन्ने सरकारको निति अनुसार मृत्यु भएको बालकको घर परिवारलाई दियौ । नेपाल रेडक्रस सोसाइटिले पनि उक्त पिडित परिवारलाई २० हजार रुपैया सहयोग गर्‍यो । घाइतेहरुको उपचार जिल्ला भित्रै र कति जिल्ला बाहिर उपचार गराएको अबस्था छ । सरकारले एउटा निति बनाएको छ पर्ूण्ा घर क्षति भएकालाई तत्काल ५ हजार रुपैया दिने । आशिंक क्षति भएकालाई ३ हजार रुपैया दिने निती अनुसार पर्ूण्ा घर क्षति भएका ४५ घरधुरीलाई र आंशिक क्षति भएका १२ घरधुरीलाई राहत रकम वितरण गरिसकिएको छ । रोल्पालीहरु कामको शिलसिलामा जिल्ला बाहिर गएका रसुवा र काठमाण्डौको घटनामा परेको अबश्था छ र त्यहाँबाट राहत नलिएकालाई हामिले प्रति मृतक परिवार ४० हजारका क्रिया खर्च र प्रति मृतक परिवारलाई १ लाखका दरले रकम उपलब्ध गराएका छौ । विनासकारी भुकम्पका लागि रोल्पा जिल्लाका कर्मचारीहरुको तर्फाट प्रधानमन्त्रि दैविक प्रकोप उद्धार कोषको खातामा ७१,२३,३४८।८, उद्योग वाणिज्य संघको संयोजकत्वमा राहत संकलन समितीले ७,१६,९५१, लिबाङ नगरपालिका नगर व्यवस्थापन समितिले ८३,०६८, ललित साहित्य परिषद्बाट १२,७५० र वेथल एल एजि मण्डलीले १०,००० गरि रोल्पा जिल्लाबाट करिव ८० लाख जति जम्मा भएको छ ।"-लुकबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी 

निष्कर्षः 
भूकम्प कुनै पनि बेला विनासूचना आउने र भाग्न नदिई जन र धन लिने विपत्ति हो । यसबाट जोगिने एउटै मात्र उपाय त्यससित बाँच्न सिक्नु हो । भूकम्पबाट जोगिनका लागि त्यसले भत्काउन नसक्ने बलिया घर र अरु संरचनाहरु बनाउनर्ुपर्छ या त त्यसले हल्लाए पनि नबिगार्ने हलुका प्रकारका संरचनाहरु बनाउनर्ुपर्छ । यस पटकको भूकम्पले सिकायो-छिमेकी र सिंगो शहर बजार नै सुरक्षित नभई आफू एक्लै सुरक्षित हुन नसकिने रहेछ भन्ने सन्देश । सबैलाई लागेको छ-आफ्नो घर मात्र बलियो बनाएर के गर्नु, छिमेकीको घर ढलेर किच्न सक्ने खतरा उत्तिकै छ । अर्थात् सम्भावित विपत्तिबाट जोगिनका लागि सिंगो समुदायले नै साझा प्रयत्न गर्नु जरुरी हुन्छ । त्यसैले सबैले प्रण गर्न जरुरी भइसकेको छ-हामी भूकम्पबाट भाग्न सक्दैनौं, भूकम्पलाई रोक्न पनि सक्दैनौं तर भूकम्पले भत्काउन नसक्ने जीवनशैली भने अपनाउन सक्छौं ।
यसका लागि जनचेतना बढाउदै  हरेका संरचना निर्माण गर्दा सरकारले निश्चित गरेका निर्माण संहिताको पर्ूण्ा पालना गरेर भूकम्पप्रतिरोधी संरचनाहरु निर्माण गर्नुपर्छ । यसलाई हरेकले सधैंभरि परिपालना गर्न सकिने संस्कारकै रुपमा बानी बसाल्नु उपयोगी र अनिवार्य छ । प्रत्यक विपतबाट हुने फाइदा र वेफाइदाबाट शिक्षालिई उत्थानशिल समाजको सिर्जना राज्य र नागरिक हातेमालो गर्दै अग्रसर हुन सके विपतबाट हुने क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।

सुझावका लागि
कार्यक्रम 'हाम्रो यात्रा' 
सत्प्रयास मिडिया गु्रप
hamroyatrasmg@gmail.com
facebook.com/hamroyatrasmg
सुन्नका लागि यहाँ क्लिक गर्नुहोस् । http://kiwi6.com/file/uh97ubd1vy

No comments:

Post a Comment