सुनिए चिराग

कला र शैली»

सुनिए चिराग

रोल्पा, पुस २७ - 
ललित साहित्य परिषद्ले लिवाङमा हरेक महिना एकल रचना वाचन कार्यक्रम गर्दै आएको छ । आठौं शृंखलामा शनिबार मञ्चस्थ भए रोल्पाका युवाकवि चाङ चिराग ।

चिरागले १० कविता सुनाए । कवि/पत्रकार खेम बुढामगरले चिरागका कविताले परिवर्तनको आवाज बोकेको टिप्पणी गरे । 



कवि टेकेन्द्र जीएमले भने, 'चिरागले कवितामार्फत
समाज परिवर्तनबारे बोलेका छन् । समाज सुधारमा लागि पर्नु उनका कविताको सन्देश हो ।'

कविहरू नवीन लोचन मगर र ओम पन्छीले चिरागको कवित्वबारे टिप्पणी गरेका थिए । 

सुरुमा 'के. त्रसित' नामबाट साहित्य रचना गर्दै आएका चिरागले पछिल्लो समय कविता र निबन्ध लेखनमा आफूलाई केन्दि्रत गर्दै आएका छन् । उनी पत्रकारितामा लामो समयदेखि क्रियाशील छन् ।

परिषद् अध्यक्ष पन्छीका अनुसार, जिल्लाभित्र र बाहिरका साहित्यकारहरूको नियमित भेटघाटका लागि पनि एकल वाचनको शृंखला चलाइएको बताए । यो कार्यक्रम रोल्पामा रेडियोहरू रोल्पा र जलजलाले प्रत्यक्ष प्रसारण गर्दै आएका छन् । 

प्रकाशित मिति: २०७१ पुस २८ १०:३० Kantipur Daily

No comments:

Post a Comment