कबिता/चाङ चिराग
चिठ्ठी
तिम्रो छातीमाथि छोराहरु लड्दा
तिम्रो छाती रगताम्य बन्यो होला 
एकले अर्कालाई सिध्याई
आफैले मात्र मोज गर्ने आकांक्षा बोकेको बेला
रोल्पा म तिमीलाई चिठ्ठी लेखिरहेछु ।

तिम्रो शरीरमा आगो सल्केको बेला
लाशहरुले डाँडापाखा गन्हाएको बेला
तिमीलाई अपाङ्ग भएको महसुस हुन्छ होला
गाउँहरुमा दिउसै रात परेर
हृदयविदारक घटना हुँदा
मनमा अमिलो पालेर
इतिहास धिकार्र्छौ होला
शायद त्रि्रो इतिहास पनि 
वेनामी छोरा मरेको देख्दा 
वाक्क मानेर
तिम्रो नियतिलाई धिकार्छ होला
तापनि रोल्पा त्रि्रो यो छोरोले 
चिठ्ठी लेखिरहेछ ।

कोही छोरा लर्डाईको मैदानमा 
एकाएक मरेको सुन्दा
तिमीले कति दिन छाक छोड्यौ होला
कोही छोराले हात मुखको जोहो गर्न
कालापहाडको बाटो समाउँदा
तिमीले कति दिन बिदाइका आँसु
खसाल्यौ होला
र, कोही छोरा तिम्रो छातीमा
भोकभोकै रन्थँनिदा
तिमीले कति चोटी दयाका 
आँसु झार्‍यौ होला ।

तिम्रो शीरमा
इतिहास कालो हुनेगरी
बम र वारुद बर्सिएको बेला
जताततै /यत्रतत्र
वम र वारुदका सुन्तला
र, स्याउ फलेको देख्दा
तिमी भयभीत र आतंकित हुन्छौ होला
तिमीलाई बुझन 
तिम्रो खबर थाहा पाउन 
म यो चिठ्ठी लेखिरहेछु ।

तिम्रा कैयौं पुत्रहरु
अनिकाल खेप्न भोकभोकै
तडि्पएर बसेको वेला
सुन्दर त्रि्रा गाउँहरुमा
वम र वारुदको झरी पर्दा
रोल्पा तिमी आँसु झार्र्छौ कि झार्दैनौ ?
साच्चै रोल्पा, 
तिमी आमा हौ/जननी हौ
तिम्रो मुटु जलजलामा
वर्षौ भरि शवहरु
कुहिएर गन्हाउँदा
तिम्रो शरीरको कुनै अर्को गाउँमा
आगो जसरी बल्यो होला तिम्रो छाती
बरु कसैको अगेनामा आगो बलेन होला
तैपनि छ हुन्छ बाँच्ने एउटा झिनो आशा 
त्यसैले त्रि्रो छोरा अत्तालिँदा
तिम्रो एउटा हात थर्ुपा 
र अर्को हात टिलाका लेकहरुमा
पीडा सहिरहेको थियो होला 
कति गन्हाउँछ मानव जलेको मुस्लो
कति दन्कियो ती तिम्रा गाउँहरु
सायद तिमी बिर्सन्नौ होला ।

जब आगो दन्कन्छ मानवको जिउमाथि
निमिट्यान्न हुन्छ सबै मानवीयता
बेस्सरी दन्किन्छ अन्यायको आगो  
र, खरानी बनाउँछ मानवता र न्याय
तरपनि तिमी रोल्पा
तिम्रो छाती रोल्पा 
तिम्रो सन्तान रोल्पा
र, तिम्रो सपना रोल्पा
बिलकुल ठिङ्ग उभियो सतीसाल झैं
दरिलो छाती/सुन्दर सपनाहरु
र, प्रतिवद्ध तिम्रो आस्था
रगतमा मुछिएर अरु ठीङ्ग उभियौ
आगोले पोलेको बेला तिम्रो छाती
अरु दुःख नमान्नु 
र मैले तिमीलाई
फेरि एउटा चिठ्ठी लेखिरहेछु ।

कति सन्तान रमायौं तिम्रो आश्रयमा
कति पल्ट श्वास लियौं तिम्रो छातीमा
कति पल्ट सपना देख्यौं तिम्रो गर्भमा
मैले सोधेको छु-
ठूली दिदी र सानी भाउजूसित तिम्रोबारे ।

रोल्पा तिमीलाई थाहै होला 
भुटेको मकै र पिसेको सातु 
बोक्ने गाधोहरुमा
कहिलेकाही वम र बारुद बोक्यौ
शिरानीमा खुकुरी र भाला राख्यौ
ती सुन्दर सपना जोगाउन तिमीले
कति दिन भोकभोकै यात्रा गर्‍यौ ।

रोल्पा तिमीलाई अफसोस् होला
आफ्नै इतिहास कुल्चिदिएकोमा
तिमीलाई पश्चाताप होला
आफ्नै छोराले अर्को छोराको 
दिउसै घाँटी रेटेकोमा
तर रोल्पा तिमीलाई
खुलाशाका खातिर
यो चिठ्ठी लेखिरहेछु ।

तिम्रा नशाभित्र
माडी खोला र धाङ्सी बग्दा
जलजलामा रगत बग्थ्यो
हान्निङ र गाममा मृत्यु बग्थ्यो
अवश्य तिमीलाई अशहृय भयो होला
र, त अहिले महसुस गर्दिहौ-
अथाह पीडा र वेदना ।

तिम्रो छोरोले लेखेको इतिहास 
के यसैमा सीमित छ ?
तिम्रो छोराले बगाएको पसिना 
के यत्तिमा सीमित छ ?

र अब,
समय आएको छ फेरि सोच्ने
गतिलो निर्ण्र्ाागर्ने
तिम्रो सन्तानलाई माया गर्ने 
म यतिबेला यही सोधिरहेछु
रोल्पा अब तिमी के गर्र्छौं ?
के सोच्छौ ?/ के सोध्छौ ?
वम, बारुद र बन्दुकले 
निशाना बनाइएका तिम्रो छाती 
टाउको र सम्पर्ूण्ा जिउ
हेरिरहेछन् तिम्रा सन्तान 
र, मन मनमा गमिरहेछन्
साँच्चै रोल्पा तिमी के गर्र्छौ ?
तिम्रो सन्तान चिठी लेखिरहेछ ।
रोल्पा/२०५९/०७/०६

No comments:

Post a Comment