कविताको चिराग बाले कवि चाङ चिरागले
24th January 2015 · 0 Comments
‘प्रेम बहादुर
तिम्रो पेट बाँडिएको देख्दा
म पनि प्रेमको सागरमा डुबुँजस्तो लाग्छ
चुम्यौ तिमीले ढुङ्गाको टुक्रालाई
तिम्रो चुम्बनको प्रेम देख्दा
साँच्चै तिमी प्रेमबहादुर हौ
र हृदयले तिमीलाई चुमूँ लाग्छ ।’
तिम्रो पेट बाँडिएको देख्दा
म पनि प्रेमको सागरमा डुबुँजस्तो लाग्छ
चुम्यौ तिमीले ढुङ्गाको टुक्रालाई
तिम्रो चुम्बनको प्रेम देख्दा
साँच्चै तिमी प्रेमबहादुर हौ
र हृदयले तिमीलाई चुमूँ लाग्छ ।’
रोल्पाली कवि चाङ चिरागले उनको एकल कविता वाचनको लागि आयोजित कार्यक्रममा वाचन गरेको पहिलो कविताको पहिलो हरफ हो यो । ‘प्रेमबहादुर’ शीर्षकको कवितामा
कविले आफ्नो आस्थामा कदापि विचलित नभई काम गर्ने कर्मयोगीको स्वाभिमानी हातहरूको मुक्त कण्ठले प्रशंसा गर्दै आफू अभावमै बाँचेर भए पनि त्यस्तै प्रकारको स्वाभिमान गर्ने आँट र हिम्मत भएको बताएका छन् ।
कविले आफ्नो आस्थामा कदापि विचलित नभई काम गर्ने कर्मयोगीको स्वाभिमानी हातहरूको मुक्त कण्ठले प्रशंसा गर्दै आफू अभावमै बाँचेर भए पनि त्यस्तै प्रकारको स्वाभिमान गर्ने आँट र हिम्मत भएको बताएका छन् ।
शोषण र दमनलाई जरैबाट फ्याँक्नुपर्छ भन्ने चाहना राख्ने कवि चिराग आस्थाको कलमरूपी हतियारले थालेको अक्षर युद्धको विजयसँगै एकदिन शोषण र दमनको जालो च्यातेर मिल्काउन सकिने दृढ विश्वाससमेत बोकेर बसेका छन् र त ‘अक्षर युद्ध’ शीर्षकको कवितामार्फत् यसो भन्छन्–
‘जब उदिनमा राख्छौ आस्था
तिखो बन्नेछ तिम्रो योजना
गतिशील बन्नेछ आस्थाको कलम
र शुरु हुनेछ अक्षर युद्ध
र बढारिनेछन् व्यभिचारीहरु
टाढा छैन त्यो दिन
त्रसित हुनेछन् अत्याचारीहरु
र उदाउनेछ सूर्य
सुरू हुनेछ सुनौलो बिहानी’
तिखो बन्नेछ तिम्रो योजना
गतिशील बन्नेछ आस्थाको कलम
र शुरु हुनेछ अक्षर युद्ध
र बढारिनेछन् व्यभिचारीहरु
टाढा छैन त्यो दिन
त्रसित हुनेछन् अत्याचारीहरु
र उदाउनेछ सूर्य
सुरू हुनेछ सुनौलो बिहानी’
गोली बारुदले शरिरलाई छिया–छिया पारेर नष्ट पारे पनि आस्था र विचार कहिल्यै नमर्ने यथार्थतातिर इंगित गर्दै कवि चिरागले कलमवीरहरूले त्यस्ता आस्था र विचारहरूलाई कहिल्यै मर्न नदिने बरु त्यसलाई दुबोजस्तै फैलाउने विचारसमेत पोखे ‘आकासिनेछन् विचारहरू’ शीर्षकको कवितामार्फत् । ‘जूकाहरू’ शीर्षकको कवितामा कविले देश चुस्नेहरुप्रति लक्षित गर्दै उनीहरुलाई खबरदारी र त्यसको प्रतिकार गर्न आफूहरू तम्तयार भएको बताए ।
कवि चिराग विगतका धेरै बर्षदेखि अशान्तिले थिलो–थिलो भएको मुलुकप्रति पनि धेरै चिन्तित छन् । शान्तिमा रमाएर नेपालीहरू खित्का छोडेर हाँसेको देख्न चाहने उनी मुलुकमा अशान्तिले पाइला टेकेपछि शान्ति उडिसक्यो भन्नेहरुसँग कत्ति पनि सहमत छैनन् बरु उनी अबिराम शान्तिको प्रतिक्षामा रहेका छन् । कविले आफ्नो ‘शान्तिको खोजीमा’ शीर्षकको कवितामार्फत् यसो भन्छन्–
मेटिएको छैन तिर्खा
र मोर्चाबद्ध बनेको छु म
मात्र शान्तिको खोजीमा
र मोर्चाबद्ध बनेको छु म
मात्र शान्तिको खोजीमा
विगतको द्वन्द्वले बढी प्रभावित भएको भूमि रोल्पाका बासिन्दा यी कवि द्वन्द्वलाई नजिकैबाट देख्ने र भोग्नेमध्ये पनि एक हुन् । उनले द्वन्द्वको चित्रण उनको कविता ‘चिट्ठी’मार्फत् गरेका छन् । साथै उनले त्यसरी द्वन्द्वमा खेर गएको रगत र पसिनाको प्रतिफल प्राप्त नभएकोतर्फ इंगित गर्दै प्रेम, न्याय र समानतायुक्त सुनौलो बिहानीको आगमनको लागि एउटा रक्तपातविहीन क्रान्ति बाँकी रहेको दर्शाउँदै कविले उनको ‘ननिदाएका हामीहरु’ शीर्षकको कवितामार्फत् यस्तो भन्छन्–
तर प्रतीक्षा हारेका छैनौं
अझै बाँकी छ एउटा क्रान्ति
जब आउनेछ सुनौलो बिहानी
त्यसैले हामी कस्सिएका छौं
अविचल हाम्रो यात्रामा
र जाग्राम बसिरह्यौ
ननिदाएका हामीहरू
अझै बाँकी छ एउटा क्रान्ति
जब आउनेछ सुनौलो बिहानी
त्यसैले हामी कस्सिएका छौं
अविचल हाम्रो यात्रामा
र जाग्राम बसिरह्यौ
ननिदाएका हामीहरू
लिबाङको वाचनालयको हलमा खचाखच भरिएका दर्शक स्रोताबीच कविले उल्लिखित शीर्षकका बाहेक ‘शरीर भिजाउने कुहिरो’, ‘मैले नटिपेका फूलहरु’, ‘अजङ्गको पहाड’, ‘सहिद सपना’ गरी जम्मा १० वटा गद्य कविताहरू पस्किएका थिए । रोल्पाको जेठो साहित्यिक संस्था ललित साहित्य परिषद्ले प्रत्येक महिना सञ्चालन गर्ने एकल कविता वाचन कार्यक्रमअन्तर्गतको यो आठौं श्रृङ्खला हो ।
कार्यक्रममा पहिलो चरणमा तीन वटा कविता वाचन गरिसकेपछि कवि तथा पत्रकार खेम बुढाले आफ्ना सहकर्मी कवि चाङ चिरागको व्यक्तित्व तथा कृतित्वको परिचय गराएका थिए । आफू र कवि चिराग मह जोडीजस्तै भएको बताउँदै बुढाले कविले धेरै पहिले कृति निकाल्ने तयारी गरिसकेको भए पनि विविध कारणले निकाल्न नसकेको तर अब छिट्टै कविताकृति प्रकाशन हुने खुलासासमेत गरे । बाचित रचनाको समीक्षाका जिम्मा पाएका अर्का कवि टेकेन्द्र जी.एम.ले चिरागका कविता सबै प्रगतिशील चेतले ओतप्रत, सन्देशमूलक भएको तर केही लामा भएको टिप्पणी गरे ।
एउटा कुशल पत्रकारको रुपमा परिचित भए पनि के. त्रसित, चाङ चिराग आदि नाममा दाङबाट प्रकाशित हुने गाउँघर सातदिने पत्रिकाबाट कविता प्रकाशनको शुरूवात गरेका यी कविले त्यो भन्दा अगाडि आफूले विद्यालयको अध्ययन गर्दाताका मा.वि जुँगार, रोल्पामा पनि नियमित साहित्यिक कार्यक्रममा समावेश भएको तथा त्यहाँबाट प्रकाशित हुने भित्ते पत्रिकामा पनि आफ्ना रचनाहरू सार्वजनिक गरेका थिए । एउटा लोकप्रिय पत्रकारको रुपमा स्थापित काशीराम डाँगीको साहित्यिक अर्थात् कवि मन नै ‘चाङ चिराग’ हो ।
करिब तीस वर्षअघि शिक्षा दिवसका दिन रोल्पाको जँुगार गाविस वडा नं २ हाञ्जाबाङमा आमा नन्दकुमारी र बुबा झुपेश डाँगीको जेष्ठ सुपुत्रका रुपमा जन्मिएका कवि चिराग जनजागृति उच्च मावि जँुगारबाट प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरेका हुन् । ‘नव प्रभात’ भित्ते पत्रिका विद्यालय अध्ययन गर्दै २०५४ सालमा प्रकाशन गरेका कविको सो पत्रिकाको सम्पादक पनि थिए तर सो भित्ते पत्रिकामा चाहिं के. त्रसितबाट उनको कविता छापिने गरेको कविका सहकर्मी खेम बुढा बताउँछन् ।
सिर्जना र लेखनीमा रूचि भएकैले कलिलो उमेरमै उनको दाङबाट प्रकाशित हुने गाउँघर सातदिने र नयाँ युगबोध दैनिकमा समेत के. त्रसितकै नाममा कविता प्रकाशन हुन्थे २०५४ तिरै । समयक्रमसँगै उनै के. त्रसित अहिले चाङ चिरागमा बदलिएको हुन् ।
यसरी राप्तीको साहित्याकाशमा ‘चाङ चिराग’ धेरैलाई नौलो लागे पनि सिर्जना कर्ममा उनी पुरानो र पाको कवि नै मान्न सकिने परिषद्का अध्यक्ष ओम पन्छी बताउँछन् । कविको कवित्वको उचाइको पुष्टि उनको यस एकल कविता वाचनले पनि राम्रैसँग गरेको छ ।
२०५७ सालमा कान्तिपुर राष्ट्रिय दैनिकका लागि रोल्पाबाट पत्रकारिता थालनी गरेका कवि डाँगी आजसम्म पनि कान्तिपुरमै कार्यरत छन् । कान्तिपुर दैनिकको उप–सम्पादकको जिम्मेवारीमा रहदै आएका उनी कान्तिपुरमा आवद्ध हुनुपूर्व गाउँघर सातदिने र नयाँ युगबोध दैनिकमा समेत संलग्न थिए । नेपाल पत्रकार महासंघ रोल्पाको संस्थापक सभापति यी कवि गैरसरकारी संस्था महासंघ नेपाल रोल्पा शाखाका संस्थापक अध्यक्षसमेत हुन् ।
कान्तिपुर दैनिकबाट २०५८ सालमा उत्कृष्ट समाचारदाता पुरस्कार, यदु स्मृति पत्रकारिता पुरस्कार, हस्तकला पत्रकारिता पुरस्कार तथा मदन ग्रामीण पत्रकारिता पुरस्कारलगायतका पुरस्कार प्राप्त गरेका कवि चाङ चिरागको साहित्यप्रतिको सक्रिय पुनरावृत्तिबाट रोल्पाली साहित्यकारहरू हदैसम्म खुशी भएका छन् । साथै उनले बालेको कविताको चिरागले केही हदसम्म भए पनि रोल्पाको अँध्यारो हट्ने अपेक्षा समेत गरिएको छ ।
२०७१ माघ ३ गते शनिबार published on http://saugat.nayayougbodh.com/?p=1235
By Saugat
No comments:
Post a Comment