रोल्पाको चिनो
- गाउँ गाउँमा अल्लोको धागो र कपडा उद्योग
तपाईं रोल्पा आउँदै हुनुहुन्छ ? छ भने सोच्नूस् त, यहाँबाट के चिनो लैजानुहुन्छ ? अल्लोबाट बनेका झोला, टोपी, कोट, पाइन्ट, मोबाइल पर्स आदि। यस्तो चिनो दिन पाए खुसी अनुभव गर्छन् रोल्पालीहरू।
स्थानीय उत्पादन अल्लो र त्यसबाट निर्मित सरसामान अहिले रोल्पा चिनाउने माध्यम बनेका छन्। त्यही भएर तीन वर्षअघि १७ जनाको साझेदारीमा सदरमुकाम लिबाङ बजारछेउमै सञ्चालित रोल्पा सामुदायिक अल्लो तथा कपडा उद्योगका कामदारलाई भ्याइनभ्याइ छ, बजारमा सामान पुर्याउन। कच्चा पदार्थ पाउन सके उद्योगमा काम कहिल्यै रोकिँदैन।
उद्योग सञ्चालक समितिका १७ मध्ये एक मात्र पुरुष हुन्, तुलबहादुर घर्तीमगर। जिल्ला घरेलु तथा साना उद्योग विकास समितिबाट तालिम लिएपछि अल्लो उद्योग स्थापनामा लागेका उनी पहिले माओवादी सशस्त्र विद्रोहमा सहभागी थिए। उद्योगका अध्यक्षसमेत रहेका घर्तीमगर भन्छन्, "समाजमा केही नयाँ काम गर्न पाए हुन्थ्यो भन्ने भावनाले यहाँसम्म आइपुगेको हुँ।"
शान्ति प्रक्रियायता जिल्लामा केही उद्योग आशलाग्दा हिसाबले सञ्चालन भएका छन्। जिल्ला घरेलु तथा साना उद्योग विकास समिति प्रमुख कृष्णप्रसाद पोखरेलका अनुसार शान्ति प्रक्रिया सुरु भएयता जिल्लामा उद्योग दर्ता एवं सञ्चालनको चहलपहल बढेको हो। घरेलु कार्यालयका अनुसार दर्ता भएका ७ सय १२ उद्योगमध्ये एकतिहाइजति अल्लो तथा धागोसँग सम्बन्धित छन्।
अल्लोबाट बनाइएको धागो प्रयोग गरी कपडा उत्पादन गर्ने साना-ठूला उद्योगमा थुप्रैले रोजगारी पाएका छन्। यस्ता उद्योगमा ५० हजारदेखि २० लाख रुपियाँसम्म लगानी छ। उद्योगहरू कतै सामूहिक रूपमा सञ्चालन गरएिका छन् भने कतै व्यक्तिगत रूपमा। रोल्पा सामुदायिक अल्लो धागो तथा कपडा उद्योग लिबाङ, लिवन अल्लो धागो उद्योग होमा, नवदुर्गा अल्लो धागो उद्योग इरबिाङ, फुलबारी हाते कागज तथा अल्लो धागो उद्योग मिरुल टुटुलगायतका उद्योग धागो तथा कपडा उत्पादनमा संलग्न छन्।
सदरमुकाममा भन्दा गाउँमा अल्लो धागो तथा कपडा उद्योग फस्टाउँदो छ। अल्लो उत्पादन हुने ठाउँ पनि गाउँ नै हो। पाँच वर्षयता अल्लोको धागोबाट कपडा बुन्ने तान एक सयवटा र ६० वटा सिलाई मेसिन वितरण गरएिको पोखरेलको भनाइ छ।
सदरमुकामबाट पाँच घन्टा टाढा होमास्थित लिवन अल्लो तथा धागो उद्योगकी सञ्चालिका कृष्णी बुढा भन्छिन्, "हामी उद्योगका लागि कच्चा पदार्थ आफैँ उत्पादन गछौर्ं।" उद्योगका सेयर सदस्य महिलाहरूले नै अल्लो खेती गर्छन्।
लेकाली सिस्नो अल्लोलाई स्थानीय मगर खाम भाषामा पुवाका रूपमा चिनिन्छ। १ हजार ५ सय मिटर उचाइमा उम्रने अल्लोको कच्चा पदार्थ माग अनुसार आपूर्ति हुन नसक्दा बजारको मागलाई धान्न नसकिएको उद्यमीको भनाइ छ। काठमाडौँको नेपालटारमा रहेको अल्लो प्रशोधन उद्योगमा पुर्याइएपछि अल्लोको असली धागो र त्यसबाट बनेका कपडा ठमेल हँुदै अन्तर्राष्ट्रिय बजारमा पुग्छन्।
अल्लोको व्यापार गर्दै आएका थबाङका जुम्ल्याहा दिदीबहिनीमध्ये जुनपुरा रोका भन्छिन्, "यसबाट रोजगार मात्र होइन, परचियसमेत बनेको छ।" उनीहरूले यही व्यापारबाट लिबाङमा साततले घर बनाएका छन्। निकै टिकाउ मानिएको अल्लोको कपडा स्वास्थ्यका हिसाबले पनि फाइदाजनक भएको अनुसन्धानले देखाएको छ। रोल्पामै अल्लोको कपडाको मूल्य १ हजार २ सय प्रतिमिटर छ। अल्लोबाट बनेका झोलालाई ३ सय २५, टोपीलाई तीन सय, बर्कोलाई ५ सय ५० र गलबन्दीलाई पाँच सय रुपियाँ पर्छ।
घरेलु साना उद्योग कार्यालयका अनुसार बर्सेनि रोल्पाबाट अल्लोको धागो तथा कपडा मात्र चार करोडबराबरको निर्यात हुन्छ भने १५ करोडबराबर अल्लोको कारोबार हुन्छ।

No comments:
Post a Comment